उर्लाबारी । सोह् बर्ष अघि उत्खनन भएको नगरको एकमात्र पर्यटकीय क्षेत्र बेतिनी सिमसार आवश्यक बजेटको अभावमा सुस्त गतिमा बिकसीत बन्दै गएको छ ।

बेतीनी सामुदायीक बन उपभोक्ता समुह उर्लाबारी– २ को समीत्वमा रहेको ५० हेक्टर क्षेत्रफलमा फैलिएको जैविक विविधताले भरीपूर्ण भएको यो सिमसारको सौन्दर्यताले भरीपुर्ण भएपनि योजना अनुुसारको बजेट अभाव तथा स्पष्ट कार्ययोजना नहुदा“ अपेक्षा गरे अनुसार गति लिन नसकेको सो समुहका अध्यक्ष भिम राईले बताएका छन ।

आफनो नेतृत्वमा चार महिनाको अवधीमा सिमसार सुधारका प्रशस्त कार्यहरु भएको बताउदै आगामी आर्थीक बर्ष भित्रमा लभ पोईन्ट र सेल्फी जक्सन र पिक्नीक स्र्पोटको रुपमा बिकसीत गर्ने कार्ययोजना रहेको बताउदै सो कार्यका लागि सहयोग आवश्यक रहेको समेत बताएका छन ।

नया“ कार्ययोजना अनुसार प्रकृतिक चिडीया घर, बाल जलशाय, कम्पाउण्ड वाल, पिक्नीक स्थल, पानीको फोहोरा निर्माण, तटवन्धन र अन्य पुर्ननिर्माणका लागि ३ करोड बजेट आवश्यक पर्ने भएकोले स्थानिय निकाय समक्ष योजना सहित माग गर्ने तयारी गरीरहेको अध्यक्ष राईले बताउदै उल्लेखित कार्य संम्पन्न भए पछि उर्लाबारीको सिमसार पूर्वाञ्चलकै पिकनिक स्पट सगै आन्तरिक पर्यटकीय हव हुनेमा आशावादी भएको बताएका छन ।

सो सिमसार क्षेत्रमा साल, बाजी, कर्मा, लालीकाठ, कवाई झारको अवलोकन गर्न सकीन्छ भने सो सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरी जस्ता वनस्पति तथा मैना, लुईचे, धनेश, मयूर, बट्टाई, हाडीफोर, बकुल्ला लगायत चराचुरुंगी पाईन्छ साथै हरिण, चितुवा, बदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगर लगायत जीवजन्त हात्ती, सालक, बादर, लुईचे, पानी हास, धनेश, हाडीफोर प्रजातीका बन्य जन्तु र पंशीहरुको बसोबास रहेको समुहका कोषाध्यक्ष ज्योती थापाले बताएका छन ।

दैनिक २ सय देखि ३ सयको संंख्यामा आन्तरीक पर्यटकले प्रकृतिक मनोरमको आनन्द र जैविक विविधा भएको सिमसारमो अध्ययन अवलोकन गर्ने गरेको सो समुहे जनाएको छ । अझ“ सिमसारको प्रर्वधनको लागि निर्माण गरीएको भाले पोथी बाघ र डम्मरुको प्रतिमाले पनि सहयोग पुग्ने गरेको स्थानिय संचारकर्मी केदार चौहानको भनाई रहेको छ ।

उर्लाबारी नगरपालिकाले नगरपालिकालाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । मेयर खड्ग फागोले बेतिनी सिमसारलाई पूर्वकै आकर्षक पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले रणनीतिक योजना नै निर्माण गरेको छ भने आगामी बर्षमा पनि आवश्यकता र माग अनुसार प्राथमिकताका आधारमा बजेट बिनीयोजन हुने बताएका छन ।