मधुमल्ला । मोरङको मिक्लाजुङ–७ की एक महिलालाई बलात्कारपछि विभत्स हत्या गरेको तिन महिना वित्दापनि घटनाका विषयमा कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन । मिक्लाजुङ –७ की ४५ बर्षीया शान्तिकुमारी तामाङको फागुन १९ गते मध्यरातमा बलात्कार पश्चात विभत्स हत्या भएको थियो । छिमेकी घरमा गुन्यू चोली कार्यक्रममा पुगेर घर फर्किने क्रममा उनलाई बलात्कार गरी हत्या गरेको पीडित परिवारको भनाई छ । नग्न अवस्थामा उनको शव मिक्लाजुङ– ७ बेलगौंडे पुल भन्दा करिब २०० मिटर उत्तर राम्रीखोलामा फेला परेको थियो । हत्या पश्चात अनुहार नचिनिने गरी अनुहारमा किच्याइएको र खोलामा फालिएको पाइएको थियो । बलात्कारपछि हत्या गरेर फालिएको हुन सक्ने आंशका गरिएपनि उनको हत्याराको अझैसम्म पहिचान हुन सकेको छैन । मृतकका पति मानबहादुर तामाङले पत्नीको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई तत्काल पक्राउ गर्नु पर्ने बताएका छन् । यस बिषयमा पिडित परिवारले पटक पटक कुरा उठाए पनी प्रहरी प्रशाशनले भने हत्याराको खोजी कार्यमा प्रहरी गम्भिर भएर लागि नपरेको परिवारको ठहर छ । इलका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरिक्षक किरण प्रसाइले भने प्रहरी गम्भिरताका साथ यस घटनाको खोजी कार्यमा निरन्तर लागि परेको बताउनु भयो । प्रहरीले भने अनुसन्धान तीब्र गतिमा अघि बढेको भन्दै दोषीलाई कुनै पनि हातलमा नछोड्ने जनाएको छ । शान्तिकुमारी तामाङको हत्याको बिषय प्रदेश नं. १ मोरङका संसद कुल प्रसाद लिम्बु (कुशल)ले प्रदेश सभा बैठकमा घटनाको अनुसन्धान साथै दोसीलाई कार्वाही गर्न माग गरेका थिए । यस्तै परिवारले पनी हत्यारा पत्ता लगाउन माग गर्दै झापाको दमकमा एक महिनाा अघी पत्रकार सम्मेलन समेत गरेर दोषीलाई कारबाही गर्नका लागि मृतकका आफन्तले सम्बन्धित निकायलाई दबाब दिएका थिए। पीडित परिवारले दमकमा भएको पत्रकार सम्मेलनमा तत्काल हत्यारा पक्राउ गर्न स्थानीय प्रशासन समक्ष पुन माग गरेको थिए । ४५ वर्षीया शान्तिकुमारी तामाङको हत्यारालाई अझैसम्म पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । परिवारले तिन महिना बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसक्नु प्रशासनको लाचारी भएको बताए । उनीहरुले अबपनि हत्यारा पक्राउ नपरे प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । मृतककी भदैनी रेणुका राईले हत्यारा पक्राउ गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको र पैसामा प्रहरी बिकेको समेत आरोप लगाएकी थिइन । मृतकका दाई भक्त राईले भने ‘हामी कमजोर परिवारको भएकैले घटनाप्रति प्रहरीले गम्भीरता देखाएनन् । यतिका समयसम्म हत्यारा पक्राउ नगरेर घटनालाई दबाउन खोजेको देखिन्छ ।’ उनले घटनालाई कमजोर बनाउन प्रहरी प्रशासनको गतिविधिले आशंका जन्माएको राइले बताए । यस बिषयमा केही समय अघि सम्पन्न भएको सार्वजनीक सुनवाईमा पनी यस विषयमा प्रस्न उठेको थिया । प्रश्नको जवाफ दीदै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सरला राईलाई ले भने यो बिषय आफ्नो क्षेत्रधिकार भन्दा बाहिरको र कुनै पनि जघन्य हत्याको बिषमा कार्वाही हुने बताएकी थिइन । यसै विषयमा इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव उपरिक्षक किरण प्रसाईले न्यायिक समिति संयोजकको भनाई प्रति टिप्णी गर्दै प्रशासन संग कुनै समन्वय नगरी न्यायिक समिति पन्छिन खोजेको बताएका छन । लामो समय सम्म दोशी पत्ता नलाग्नुमा आफु समेत चिन्तित रहेको यस विषयमा छान विन र हत्यारा पत्ता लगाउनका लागि आफु लागिपरेको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष शुशिल राज चौहानले बताउनु भयो ।