इटहरी । विद्युत प्राधिकरण इटहरीले चालु आर्थिक बर्षको जेठ २८ गते सम्म ३ हजार भन्दा माथि तिर्ने ग्राहकहरुबाट प्राधिकरणले ५ करोड ७६ लाख,३९ हजार ३ सय ५५ रुपैया उठाउँन बाकी देखिएको छ । प्राधिकरणलाई समयमै पैसा नतिर्नेमा सरकारी कार्यलय देखि उद्योगी ब्यापारी इटहरीका सामाजिक अगुवाहरुले समेत लामो समय देखि बिद्युत महसुल बुझाएको छैनन् । लामो समय सम्म प्राधिकरणलाई विद्युत महसुल नबुझाउँदा बर्षेनी कार्यलयमा बाँकी बक्यौता बढ्दै गएको विद्युत प्राधिकरण इटहरीले जनाएकोे छ । २०६६ साल यता ७ सय २८ जना ग्राहक कालो सुचिमा परेको प्राधिकरणले जनाएको छ । कालोसुचिमा परेको ग्राहकबाट प्राधिकरणले ३६ लाख,९१ हजार,९ सय ३४ रुपैया उठाउँन बाकी रहेको तथ्याङ्क प्राधिकरण सँग छ । प्राधिकरणलाई सबै भन्दा बढि इटहरी उपमहानगरपालिकाले करीब ३ करोड महसुल तिर्ने देखिन्छ । तर उक्त रक मभने स्थानीय मन्त्रालय र उर्जा मन्त्रालयको समन्वयमा अर्थमन्त्रालयसँग अन्तरमिलान गर्ने सहमती भएको छ । त्यस्तै विद्युत महसुल नतिर्नेहरुमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले ७७ हजार ,६ सय ९४,खानेपानी गोदाम आँपगाछीले ३४ हजार ४ सय ५रुपैयाँ,कुमारखत रेन्जा पोष्टले २४ हजार ७ सय ९० रुपैया वक्यौता देखिएको इटहरी विद्युत प्राधिकरणका सुपरभाईजर रितेश झाले वताए । त्यस्तै टिका राईस मिलले १ लाख,३० हजार ९ सय १ रुपैयाँ ,रामधुनी सामुदायिक बनले २९ हजार ४ सय ४५ रुपैया, सम्बीका परियोजनाले ७७ हजार,२ सय ४६ रुपैयाँ तिर्ने बाकी देखिएको छ । त्यस्तै उपस्वास्थ्य चौकी झुम्काले १ लाख ८ हजार ५ सय ९१ रुपैया ,भुमिगत जलस्रोत्र सिचाई आयोजनाले २९ हजार ५ सय ३५ रुपैया,भलुवा चौरी जलउपभोक्ता समिति ३३ हजार १ सय ६६ रुपैया,विसमिल्लास फर्निचरले२१ हजार ३ सय ३२ रुपैया,पाथिभरा प्लाष्टिक उद्योगले १० लाख ११ हजार १ सय ३६ रुपैया,न्यू सुनसरी स मिलले ४१ हजार ८ सय ५३ रुपैयाँ,शिवसागर गोसादन डेरीले ३६ हजार ७ सय ४ रुपैया प्राधिकरणलाई तिरेका छैनन् । प्राधिकरणलाई पैसा नतिर्नेहरुमै सुभम मेटल उद्योगले ५३ हजार ३ सय ३७ रुपैया,पाथिभरा मेटल वर्कशपले ३१ हजार ४ सय ४५ रुपैयाँ,सिद्धकाली स मिलले ४९ हजार ८ सय ६ रुपैया,गणराज्य नेपालले ३६ हजार ७ सय २१ रुपैयाँ,मोभिस इन्टरनेन्टमेनले १३ लाख ८१ हजार,४ सय ८२ रुपैयाँ तिर्ने बाकी दखिएको प्राधिकरणले जनाएको छ । सुनिता बर्देवा २४ हजार २ सय ८८ रुपैयाँ,भिनस होटल एण्ड लजले ८६ हजार ६ सय ४३ रुपैया,सरस्वती प्रिन्टिङ प्रेसले २८ हजार ३८ रुपैया प्राधिकरणलाई नबुझाएको सुपरभाईजर झा वताउँछन । यता प्राधिकरणका प्रमुख रोशन खड्काले भने इटहरी बितरण केन्द्रले चुहावट नियन्त्रण र राजस्व संकलनमा तीब्रता दिएको वताएका छन । लामो समय सम्म विद्युतको महसुल नबुझाउँनेहरुलाई कालो सुचिमा राखेर बक्यौता उठाउँने कामलाई तिब्रता दिएको कार्यलयले जनाएको छ । बजारमा देखिएको बक्यौता उठाउँन आफुहरु लागी परेको बताउँदै उनले भने महसुल नतिर्नेहरुको लाईन काट्छौ प्राधिकरण इटहरीका प्रमुख खड्काले भने । महसुल नबुझाउँनेको लाइन काटिने लामो समय सम्म विद्युतको महसुल नबुझाउँनेको घरघरमा गएर लाईन काटिने भएको छ । इटहरी प्राधिकरणमा लामो समय देखि बक्यौता बढ्दै गएको भन्दै तिन महिना भित्र पनि महसुल नतिर्नेको लाईन काटिने भएको हो । प्राधिकरणले ताकेता गर्दा समेत विद्युत महसुल नबुझाएको भन्दै बक्यौता उठाउँन ताकेता गर्ने थालेको जनाउको छ । चालु आर्थिक बर्षको जेठ २८ गते सम्म २ हजार ३ सय ७७ जना ग्राहकको लाईन काटेर ३ करोड,३८ लाख,४८ हजार ६ सय ४७ रुपैया असुली गरेको केन्द्र प्रमुख रोशन खड्काले जनाएका छन । साथै ३ सय ३३ ग्राहकको बन्द भएको मिटर बदली समेत गरेको प्राधिकरणले जनाएको छ । साथै चालु आर्थिक बर्षमा १३ सय ४३ जना ग्राहककोमा मिटर रिसिलिन्ग छड्के हान्दा अधिकांसले नियम विपरीत लाईन सप्लाई गरेको समेत पाईएको कार्यलयको भनाई छ ।