हामी जोगी हौं । परापूर्वककाल देखि रातभर घर–घरमा फेरी लगाउँदै हिड्ने गछौं । यो हाम्रो पेसानै हो , तर अबका सन्ततीले यो पेसा परिवर्तन गर्ने क्रम बढेर गएको छ । जोगीको धर्ममा वर्षमा दुइपटक चैत्र र कात्तिक महिना फेरी लगाउने हो । तर पछिललो समय बाह्रमासे जोगीको बिगबिगीले पेसानै बदनाम हुने डर छ । यस्तै बेदना र आफनो जीवनको अनुभव बताउँछन् झापाको दक्षिणी क्षेत्रमा पर्ने साविक पृथीवीनगर ५ हाल भद्रपुर २ धारावस्तीका प्रेम बहादुर जोगी । स्व. दाजु टङ्क बहादुरसँग केटाकेटीमा साथी हिडेका उनि आफु ३५ वर्षको उमेर देखि यो पेसामा लागेका छन् । इलाम साविक देउमान गाविसमा २०१० सालमा जन्मेका उनि ८ वर्षको हुदा भारत र २०२१ सालदेखि झापा वाहुण्डाँगी १ मा खेती गरेर बसेका थिए । २०३८ सालमा पुर्नरबास कम्पनीले दिएको जग्गामा धाराबस्तीमा बस्दै आएको बताउँछन् । आफ्नो जग्गा नभएकोले गुजारा चलाउन नेपाल लगायत भारतको सिकीम,बङ्गाल लगायतका क्षेत्रहरुमा भिर पाखा पखेरोमा हिडदै रातभरी फेरी लगाउने र दिउँसो सिदा उठाउदै हप्ता दश दिनमा दुइहजार जति रकम ल्याएर गर्जो टार्ने गरेको उनले सुनाए । उनि ६५ वर्षका भएपनि ति दुइ महिनामा भने नेपालका केही भागमा घुम्ने गरेको बताउँछन् । पुर्नरबास कम्पनीले दिएको १० कठा भएपनि घर चलाउन ऋण लागेपछि बिक्री गरेर एक कठा माटोमा बस्दै आएको उनले भावुक हुदै सुनाए । पेसामा सन्तुष्ट भएपनि छोराले भने नगर्ने पक्का भएको छ । बरु विदेश जान्छु ,हलो कोदालो गर्छु तर यो पेसा नअगाल्ने छोराले बताएको उनले सुनाए । यो जातले पाएको हो । बराठको सिङ् बोक्नै परो बाउ बाजेको पुर्खाले गरेको देखेर गरियो तर अब छोराले गरेन भने पेसा मासिदै जाने लिलामाया जोगी बताउँछिन् । पेसालाई मज्मुद बनाउन यहाँ रहेका ३५ घर जोगीले पदम बहादुरको संयोजकत्वमा जोगीसंघ गठन गरेपनि सफल नभएको उनले सुनाइन् । भोजपुर, तेह्रथुम,इलाम,संखुवासभा,धनकुटा लगायतका जिल्लाबाट आएको उनिहरु बताउँछन् । फेरी लगाउन जानु भन्दा अगाडि गुरुले सिकाएको मन्त्र जपेर आफनो शरिर बाधेर हिड्ने हाम्रो नियम रहेको उनले बताए । भैरुङ्नाम गरेका कुललाई सम्झेर आफनो घरमा बराठको सिग बजाएर हिडेमा आँट आउने,डर नलाग्ने उनले बताए । मैले थाहा पाउदा समेत बुवाले गरिरहनु भएको अर्का जोगी बालकुमार बताउँछन् । परम्परा मानेर बुवाले यो काम गरेपनि म भने नगर्ने सोचमा रहेको उनले सुनाए । हाल ३५ वर्षको भए गरेको छैन पछि के हुन्छ थाहा छैन उनले भने । तीन पटकसम्म विदेश गएको सुनाउदै बरु अधिया खेति गर्छु तर यो पेसा चै गर्दिन होला उनले सुनाए । बुवाले ६ जनाको परिवार फेरी लगाएरनै पालेको उनि बताउँछन् । भविश्यमा के हुने हो त्यो अहिलैनै भन्न नसकिने उनले बताए ।