पाँचथर । दुई वटा गीतको म्यूजिक भिडियोको छायाङकन हालै सम्पन्न भएको छ । लिम्बू संस्कृतिमुलक गीत ‘फक्ताङलुङ ...’ बोलको म्यूजिक भिडियोको छायाङकन गरिएको हो । राजहाङ आङबोको शब्द, दिप्सन आङबोको संगीत, दिप्सन र सुनिल केरुङको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश काङभा लिम्बू, एलिजा श्रेष्ठ, अञ्जु राई, रुद्र साङगे राई लगायतले अभिनय गरेका छन् । त्यस्तै दिप्सन आङबोको शब्द, संगीत र सुनिल केरुङको स्वर रहेको ‘बाँचुञ्जेल ...’ बोलको गीतको पनि म्यूजिक भिडियो छायाङकन गरिएको छ । भिडियोमा अजिशा लिम्बू, हेम गुरुङ, जोनहाङ केरुङ र शीला लाओती लगायतले अभियन गरेका छन् । पाँचथरको पर्यटकीय क्षेत्रहरु साधुटार, सिलौटि, लब्रेकुटि, फिदिम बजार, थाक्ले, तमोर नदी लगायतका स्थानहरुमा छायाङकन गरिएको निर्माता सुनिलले बताए । दुबै भिडियोको निर्देशन सागर केरुङ र छायाङकन सञ्जय आचार्यले गरेका छन् ।