विराटनगर : एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्। आमाले उनलाई देखेर्कै थिइनन्। आमाले नदेख्दै भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी कमलाको शनिबार उपचारका क्रममा निधन भएको हो।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार घरको छतबाट खसेर घाइते भएकी कमलालाई उपचारका लागि कोसी अञ्चल अस्पताल भर्ना गरिएको थियो। शनिबार राति उनको अस्पतालमै मृत्यु भएको हो।

प्रहरीले कमलासँग गफ गर्ने पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।