विवादास्पद भारतीय टिभी रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आएकी मोडल सोफिया हयातले एक ट्रोलरलाई कडा जवाफ फर्काएकी छन् । ट्रोलरले उनलाई एक रातको रेट सोधेका थिए ।

ती व्यक्तिसँग भएको च्याटको स्त्रिनसट सोफिया आफैंले सेयर गरेकी छन् । अविद हुसैन नामका व्यक्तिले उनलाई विनम्रतापूर्वक सोधेका छन्, ‘तपाईंलाई एक रातका लागि बुकिङ गर्न मैले कति तिर्नुपर्छ होला ?’

यो प्रश्नबाट भड्किएकी सोफियाले जवाफमा लेखिन्, ‘पहिले आफ्नो आमालाई सोध । त्यसपछि बहिनीलाई र फेरि पत्नीलाई सोध । उनीहरुले तँलाई एक रातको रेट बताउने छन् ।’

त्यसपछि हुसैनले लेख्छन्, ‘तर उनीहरुले तिमीले जस्तो शरीर त देखाएर हिडेका छैनन् नी ?’ त्यसमा सोफिया झन् कडारुपमा प्रस्तुत हुन्छिन् । उनले लेखिन्, ‘तेरी आमाले तँलाई आफ्नो शरीर देखाएकी थिइन् । आफ्नो टाङ फटाएर तँलाई पैदा गरेकी थिइन् । तेरो दिमागलाई सुद्द गर । के तेरा निम्ति रमजानको कुनै मतलब छैन ?’

यस च्याटको स्त्रिनसट सेयर गरेपछि सोफियाले एउटा भिडियो पनि सेयर गरेकी छन् जसमा उनी उक्त व्यक्तिको बारेमा बताउँछन् । उनले भनेकी छन् कि ती व्यक्ति एक मुस्लिम हुन् र अहिले रमजानको महिनामा उनी यस्तो कुरा गरिरहेका छन् । उनले आफूलाई आइन्दा यस्ता प्रश्न नगर्न सबैलाई चेतावनी दिएकी छन् ।