फिट बन्दै करिश्माकी छोरी, ११ केजी घटाइन् तौल

alt
  • जेठ २८, २०७५
  • १५ पटक पढिएको
  • ब्लाष्ट खबर

केही दिनअघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उपस्थित थिइन् । यही चलचित्रबाट डेब्यू गर्न लागेकी कविताको फिगर माथि धेरैले प्रश्न पनि सोझ्याए ।

मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे । उनी कविता शनिबार एक कार्यक्रममा पुग्दा बेग्लै देखिइन् । उनको शरीरमा एकाएक आएको परिवर्तन देखेर धेरै अचम्मित बने । छोटो समयमै उनी फ्याटबाट फिट बन्ने क्रममा छिन् । कविताले पनि खुलेर मिडियाको क्यामेरामा पोज दिइन् ।

दुब्लाएपछि कविताको आत्मविश्वास पनि बढेको देखियो । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन सुरुवातदेखि आजसम्म आफू ११ केजी दुब्लाएको उनले बताएकी छन् ।

हुन त, कविताले अझै फिगर मेन्टेन गर्न आवश्यक छ । तर, उनले आफूलाई परिवर्तन भने गरेकी छन् । सायद, सबैले मोटी भनेर कमेन्ट गरेपछि यो कुराले उनको मनमा विझाएको हुनुपर्छ ।

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क

फापर हेर्ने हेलीकप्ट

मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचन

भीमफेदी गाइजको तामाङ

धरान/ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved