पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

alt
  • जेठ २७, २०७५
  • ११७ पटक पढिएको
  • ब्लाष्ट खबर

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा चिनिदिए हुन्थ्यो भन्ने लागेको छ । तर त्यो उपलब्धि सहजै हासिल गर्न भने गाह्रो छ । त्यसैले पनि नवनायिका शर्मा यो क्षेत्रमा स्थापित हुनका लागि संघर्ष गरिरहेकी छिन् । उनले ‘समर्पण’ नामक फिल्मबाट रंगीन क्षेत्रमा डेव्यू गरेकी हुन् । यो फिल्म पौष १५ बाट देशव्यापी रिलिज हुँदैछ । यो फिल्ममा लभर गर्लको रुपमा देखिएकी उनै रुवि सँग गरेको रोमान्टिक कुराकानी जस्ताको त्यस्तै :

तपाईको बसाई कता छ ? धापाखेल

काठमाडौं बस्न थालेको कति भयो ? ११ वर्ष भइसक्यो ।

जन्मथलो चाहि कता प¥यो ? हेटौडा हो ।

पढाइ कहाँ पुग्यो ? प्लस टु ।

बाहिर हिड्दा कतिको मेक–अप गरिन्छ नी ? मेक–अप भन्दा नी ड्रेसमा चाही ध्यान दिन्छु ।

कस्तो ड्रेसअप गर्न रुचाउनु हुन्छ त ? अहिले त जाडो महिना छ । नत्र म वान पिस मै हिड्न रुचाउछु ।

वान पिसमा हिडिरहदा खेरी बाटोमा केटाहरुको नजर कतिको पर्ने गरेको छ ? प्राय जसो म गाडीमा डिड्छु । बाटोमा खासै एक्लै हिड्ने गर्दिन । त्यस्तो नजर लगाउने केटाहरु भेटेको छैन ।

ऐना हेर्ने बानी कतिको छ ? हा…हा….लेडिज्हरुले बढी जसो ऐना हेर्छन् रे भन्छन् । म पनि टिनएज कै परे । बिहान उठ्नसाथ म त ऐना हेरिराको हुन्छु ।

कति वर्षको हुनुभयो ? १८ वर्षको भए ।

ऐनामा हेर्दा कतिको सेक्सी छु जस्तो लाग्छ ? लाग्छ । म सेक्सी नै छु ।

मोबाइलमा ब्यालेन्स कतिको खर्च हुन्छ ? खर्चको त कुरै नगरौ । धेरै नै हुन्छ । फेसबुक चलाएर धेरै पैसा सकाको छु ।

फेसबुकमा चाहि के हेर्नुहुन्छ नी ? पहिलो त च्याटिङ नै हो । त्यसपछि ड्रेसहरु मेकअपका सामाग्रीहरु हेरिरहेको हुन्छु ।

फेसबुकमा प्रपोज कतिको आउछ ? आइराको हुन्छ तर म वास्तै गर्दिन ।

ब्वाइफ्रेन्ड छ कि छैन तपाईको ? के ढाँट्नु । छैन । तर खोज्दैछु ।

लभ नै अहिले सम्म परेको छैन कि परेर छुटेको ? स्कूल कलेजमा जिस्कने वाला लभ चाहि परेको छ तर ..लभ चाहि परेको छैन ।

कस्तो केटा मनपर्छ तपाईलाई ? अलि अलि पैसा पनि होस् । पैसा भएन भने त मलाई सम्हाल्न सक्नु हुन्न होला सायद । माया गरोस् । यस्तो खालको केटा मनपर्छ ।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ? प्रेम भनेको सुन्दा खेरी नै राम्रो मिठो सुनिने शब्द हो । जून चाहि विश्वासको भरमा टिकेको हुन्छ ।

अनि सेक्स नी ? सेक्स भनेको यस्तो चिज हो जून बिना मानिसको अस्तित्व नै रहदैन । म्यारिड गर्नु भन्दा अगाडि सेक्स गर्नु हुन्न जस्तो लाग्छ ।

तपाईको केसमा चाहि यो कुरा कतिको लागू भएको छ त ? व्बाइफ्रेन्ड छैन भने त मैले । अनि त लागू भैहाल्छनी हैन र ?

एकदमै नजिकिएको केटा साथीले सेक्स प्रस्ताव राख्यो भने के उत्तर दिनुहुन्छ ? त्यो त प्रस्ताव गरेपछि नै थाहा हुन्छ ।

अश्लिल फिल्म कतिको हेर्नु भएको छ ? त्यही टाइपको त हेरेको छैन तर कुनै कुनै रोमान्टिक फिल्ममा त्यस्ता प्रकारको सिन हुन्छन् त्यो चाहि हेरेको छु ।

तपाई कतिको रोमान्टिक हुनुहुन्छ ? छु नी ।

पैसा र सेक्समा एउटा रोज्नुप¥यो भने..? म त सेक्स रोज्छु ।

किन नी ? यो बिना मान्छेको अस्तित्व नै रहदैन भने पैसा रोजेर भयो त ?

किसको अनुभव चाहि छ की छैन ?

फिल्म ‘समर्पण’मा चाहि छ ।

बिहे कहिले गर्ने ? यो फिल्डमा सबैले चिन्ने भएपछि गर्छु ।

सपनामा कहिले सेक्स गरेको देख्नुभएको छ ? देखेको छैन नी ।

फिल्मी कुराबाट साभार

भद्रपुर नगरमा शङ्कास

भद्रपुर/झापाको भद्रपुर नगरपालिकामा शङ्कास्पद वस्तु फेला

विप्लवका कार्यकता चन

विराटनगर /  चन्दा उठाउन जाँने क्रममा नेत्रविक्रम च

धरानको बजेट १ अर्ब ७

धरान/धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोडको बजेट सिलिङ

सकरात्मक समाचारका ला

धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved