[caption id="attachment_84401" align="alignnone" width="391"] लेखकः खेम सुवेदी[/caption] कतारका सबै बालुवा कणमा,नेपालीको नै छ पौरख | चिल्ला सडक अनि पुल हेरेर, सन्तति गर्दाहुन् गौरब || नेपाली कै पसिना ले सिन्चियेका, कतारका सबै बालुवा | हाम्रै पौरख अनि साथले हेर, कतार ले फेर्यो पालुवा || नेपाली जननै भेटिन्छन् जहाँनि, कतारका धेरै ठाउँमा | गर्छन् सधैं काम प्रचण्ड घाममा, सुको कमाउने नाउँमा || अरुदेशका हरु संगै मिलेर, हांसी खुशी साथ बस्दछन् | सदभाब बढाई सबै मिलेर, आपसमा खुशी साट्दछन् || नेपाली जनका झरेर पसिना, फ़ेर्दैछ मुहार देशले | दुखले पिल्सिएका नेपाली लाइ, किन देख्दैन सरकारले?? दिन् रात नभनी डिउटी गर्दछन्, तिन्मास सुको पाउदैनन् | त्यहि पनि हेर यी नेपाली जन, अड्डाअदालत् धाउदैनन् || अहिले यो नयाँ नियम आएर, धेरैलाई भयो राहत | महिनाको तलब हाली खातामा, यो राष्ट्रले दियो है साथ || हामी संग यस्ता दुखका पोखरी, कैयौं छन् सुनाउनलाइ | लेखे दोश्रो मुना मदन बन्नेछ, श्रमिक् गुन्गुनाउन लाइ || जवानी यहीं बिकासमा निख्रियो, बुढेशकालमा फ़िर्नुछ | स्वर्ग समान मातृभूमि देशको, जन्मऋण अझै तिर्नुछ || दियौं योग्दान कतार बनाउन, बुढेश्काल नहोस् अभिशाप् | ब्यर्थै जवानी रगत बगोभनि, गर्नु नपरोस् पश्चाताप ||