घट्ना १ः गत जेठ ६ गते धनकुटा घर भई इटहरी ५ मा भाडामा बस्दैै आएका २१ वर्षिय सन्तोष भण्डारी प्रहरीबाट नराम्ररी कुटिए । इटहरी मातहतका अस्थायी प्रहरी चौकी जनता वस्तीका असई रमेश कटुवालले उधोमुन्टो बनाई पिटे । विना कारण प्रहरीले पिट्न सम्म पिट्यो । शरीरमा अहिले सम्म निल डाम हराएको छैन उनको । प्रहरीकै कुटाईको कारण उनी सात दिन सम्म बस्न सकेनन् जसका कारण उनले विविएस तेस्रो बर्षको एक विषय परिक्षा सम्म दिन पाएनन् । गाजा खाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर कुट्यो तर यर्थाथमा न उनी सँग गाजा थियो,न उनले खाएकै थिए ।

तर एक रात हिरासदमा बसेर निश्केका उनी माथी बर्दीको आडमा लठ्ठी र बुट बर्जोने कानुन भने नेपालमा बनेको छैन । कानुनमा हिरासदमा नियन्त्रणमा लिएका अपराधीहरुलाई समेत कुट्न पाईदैन भनिएको छ । कानुन विपरीत यसरी सर्वसाधरणमाथी लठ्ठी हान्न पाईन्छ असई सायब ? गल्ती गर्नेलाई कानुनी कार्वार्ही गर्नु पर्छ जनता कुट्ने अधिकार प्रहरीलाई कसले दियो सरकार ? कि प्रहरी बर्दी लगाएका गुण्डा हुन ? के प्रहरीलाई जे गर्दा पनि छुट छ ? कुटपिट गर्ने प्रहरीलाई कडा कार्वार्ही मात्र हैन उनलाई पनि सार्वजनिक मुद्धा दायर गरेर प्रहरी हिरासदमा राख्नु पर्छ । प्रहरी बाहेकका जनताले सानो गल्तीले हिरासद वस्नु पर्ने प्रहरीले निर्घात कुटपिट गर्दा आन्तरीक छानविन मात्र हुने प्रहरीको कस्तो कानुन हो ? अहिले सम्मको केहि ठुला घट्ना बाहेक अधिकांस घट्नामा प्रहरीलाई आन्तरीक छानविन र कार्वार्ही गरेर मात्र गरेको पाईन्छ । तर उनीहरुलाई हिरासदमै राखेर अनुसन्धान गर्ने विषयमा प्रहरी चुकिरहेको छ ।

कानुन सबैलाई बराबर हो भने सर्वसाधरणलाई जस्तै प्रहरीलाई पक्राउ गरेर हिरासदमा राखेर सार्वजनिक मुद्धा दायर हुनु पर्छ । प्रहरीलाई यसरी कार्वार्ही प्रक्रिया अगाडी नबढाएकै कारण प्रहरी भित्र अहिले पनि दम्भ कायमै छ । अहिले पनि सर्वसाधरण प्रहरी सँग गएर आफ्नो समस्या राख्न सक्दैनन । डर धम्की दिने प्रहरीको पहिला देखि लागेको बानी अहिले सम्म सुध्रिएको छैन । आफ्नो प्रहरी संगठन,इलाका भित्र सुधार्ने नसक्ने प्रहरी अधिकृतहरु शहर सुधार्ने कसरी सक्ला ?

घट्ना २ः जेठ ७ गते गोर्खाबाट पर्यटकिय क्षेत्र भेडेटार आएको पर्यटकलाई भेडेटार प्रहरीले मुक्का हानेर पठायो । मापासेले ल भएका इलाका प्रहरी कार्यलय भेडेटारका सई तुलसी निरौलाले पर्यटकहरुलाई मनपरी भन्दै गोर्खाबाट आएका जनप्रतिनिधि सहितको टोलीलाई डेढ घण्टा थुनेर बर्दीको बदनाम मात्र गरेन पर्यटकिय क्षेत्र भेडेटारको सम्म बदनाम गर्यो ।

गण्डकी गाउँपालिका १ र २ का वडाअध्यक्षद्धय गिरबहादुर गुरुङ र देउवहादुर गुरुङ सहितको विद्यार्थी टालीलाई सईले मनपरी भन्दै रातभरी तनाब दिने प्रहरीको समाचार आयो । तर ती सईलाई भेडेटारबाट सरुवा मात्र गरीयो । यस्ता प्रहरीलाई कार्वार्ही स्वरुप गरीने सरुवा कार्वार्ही हो ? सई निरौलालाई सरुवा मात्र गरेर पुग्दैन धनकुटाका एसपी सायब ? उनलाई हिरासदमा राखेर अनुसन्धान गरी सार्वजनिक मुद्धा दायर गर्नु पर्छ । जनताको सेवामा वसेको प्रहरी ठुलाबडालाई फकाउँने र चाकडीमा ब्यस्त छन तर वास्तवीक पिडित जनताको पक्षमा प्रहरी छैन भन्दा अन्यथा नहोला । तर यो सत्य हो सोजा सिदा र गरीब परीवारका लागी प्रहरी कहिल्यै काम लाग्दैन । उपेन्द्रकान्त अर्याल आईजीपी हुदा मुस्कान सहितको प्रहरी सेवा भन्दै आएको कार्यक्रम जनता माझ नै फेल भईसकेको छ । त्यो मात्र हैन यस भन्दा अगाडी प्रहरीले ल्याएको कार्यक्रमहरु अहिले सम्म ब्यावहारमा लागु भएको छैनन् ।

बरु मुस्कान सहितको कुटपिट सेवा भने प्रहरीले जथाभावी गदै छन । अहिले पनि प्रहरीहरुमा हाँसेर वोल्ने अभियान प्रहरीको नारामा बाहेक प्रहरीको कार्यलयहरुमा भेटिदनन देखिदैनन् । अहिले पनि प्रहरी कर्मचारीहरुमा जनता सँग राम्ररी वोल्नु पर्छ भन्ने चेतना आएको छैन । प्रहरी समाजका केवल धनीमनी र कारोवारी वाहेक सामान्य नागरीकहरु सगँको उनीहरुको ब्यावहारमा अहिले पनि फरक आएको छै्रन भनेर ठोकुवा गर्ने सकिन्छ । मुस्कान सहितका सेवा कहाँ पुग्यो ? सामान्य नागरीकहरु सँग वोल्न पनि हिचकिचाउँछन प्रहरीहरु । मुस्कान नदिई सेवानै दिए पनि नागरीकहरु खुसी हुन्थ्ये तर त्यो सम्म समाजका सामान्य मान्छेले प्रहरी कार्यलयहरुवाट पाउँनु निकै सास्ती वेहोर्नु परेको थुपै घट्ना छलङ्ग छ । केहि दिन अगाडी इलाका प्रहरी कार्ययल इटहरी मुद्धा फाटका असई युवराज श्रेष्ठ सार्वजनिक मुद्धा चाडै बुझाईदिनु भन्दै पुग्ने सर्वसाधरण युवाहरुलाई थर्काउँदै भन्दै थिए ।

म को हो चिन्नु भएको छ ?उनलाई प्रहरीको बर्दीको दम्भ भएको प्रष्ट छ । यस्ता भाषाले मुस्कान सहितको सेवा जनताले पाए त ? किन लागु भएन यो अभियान ? प्रहरी भित्र भईरहेको चाकडीबाद र घुषखौरी बन्द गर्ने सके मात्र पनि प्रहरीलाई जनताले हेर्ने नजर वदल्लीने छ । प्रहरी ‘चेन अफ कमान्ड’ को सिद्धान्तमा सञ्चालित हुने संस्था अहिले आर्थिक रकम र राजनितिक सेटिङ प्रहरी संगठन विरामी जस्तै छ । सोस फोर्सले प्रहरी भित्र जरा गाडेको छ । अधिकांस ठुला घट्ना देखि सामान्य घट्नामा समेत प्रहरीको संलग्नताले के पुष्टि हुन्छ भने प्रहरी संगठन बिग्रदै गएको छ । साथै जनता सँग राम्रो ब्यावहार मात्र प्रहरीले गर्ने हो भने पनि केहि हद सम्म प्रहरीले जनताको सहयोग पाउँने थिए । प्रहरी आफैले आचरण र ब्यावहार नसुधारे सम्म जनता सँग प्रहरी वास्तवमै साथी वन्न सक्दैन । त्यस कारण प्रहरीहरु आफै पहिला सुध्रिउन उनी जनतालाई सुधार्ने काम गरुन । यस्ता घट्नालाई हेर्दा प्रहरीको अमानविय ब्यबहार प्रष्ट छ । गाडी रिनो थिएन,लाईसेन्स थिएन अलग कुरा रह्यो । तर उनीहरुलाई विच बाटोमा अलपत्र पार्ने कि घर सम्म पुराउँने हो प्रहरीको काम ? हो यस्तै कारणले प्रहरीले अहिले पनि नागरीकहरुलाई हेर्ने दृष्टिकोण वदिलिएको छैन त्यो बदलिनु अत्यन्तै आवश्यक छ । समाजमा हुने विभिन्न अपराधिक घट्नाहरु न्यूनिकरण गर्ने प्रहरीले जनता सँग हातेमालो गर्नुको विकल्प पनि छैन । समाजमा नकरात्मक गतिविधि रोक्न प्रहरीले जनताको घरदैलो गनै पर्छ । अहिले प्रहरी जथाभावी मनलाग्यो कि चेकिङ आतंक गर्छ । टूाफिक प्रहरी विना चेकिङ गर्ने सम्म प्रहरीले पाउँदैन । यसरी मनपरी काम गदै आएको प्रहरीलाई कसले कार्वार्ही गर्ला सरकार ?