शान्ति सुरक्षा कायम गर्ने,तस्करी तथा भन्सार छलि जस्ता कार्यलाई नियन्त्रण गर्न सरकारले खाटाएका सुरक्षा निकायका अधिकृतहरु सरकारी सवारी साधननै प्रयोग गरेर सखुवाको काठ तस्करिमा संलग्न छन् ।

बन कर्मचारी र उपभोक्ता समितीका पादधिकारीको मिलेमतोमा पनि काठ तस्करी भई रहेको । अर्थात सुरक्षा गर्ने र संम्रक्षण गर्ने जिम्मेवार पक्षनै काठको तस्करी गरि रहेका समाचारहरु सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । यसले हाम्रो समाजमा सुशासनको प्रत्याभुती हुन छाडेको अर्थ दिन्छ ।

बन जङगलको संम्रक्षण गर्न सरकारले केन्द्रिय स्तरमा योजनाहरु निर्माण गरेर कार्यान्वयनको लागि लागि परेपछि तल्लो स्तरमा तस्करी भई रहनु निकै लाज्जाको बिषय हो । यति भईरहदापनि यसको नियमन गर्ने निकाय मौन रहनु र यसरी काठ तस्करी गर्नेहरुले राजनैतिक संम्रक्षण पाउदै जानुनै तस्करहरुको मनोबल बढ्ने कारण हो ।यसरी भएका तस्करी यो पहिलो हैन ।

यस अघिपनि पटक पटक तस्करीहरु हुने गरेका थिए । तर तस्करहरु सामान्य धरौटी र माफि मागेको भरमा उन्मुक्ति पाईरहेका थिए । त्यसकै परिणाम स्वरुप आज ठुलो परिणाममा तस्करी हुन थालेको छ । यस्ता घटनाले तस्करीमा एक दुई जना ब्यक्तिमात्र संलग्न छैनन भन्ने स्पस्ट बनाउछ ।

बन कार्यालयका हामीम,कर्मचारी देखि राजनैतिक दल र प्रहरी सम्मको सेटिङ ले यस्ता कार्यहरु भईरहेका छन् । यसलाई नियन्त्रण गर्न नागरिक स्तरको सक्रियताको खाचो देखिन्छ ।स्थानीय तहका जनप्रतिनिधिपनि यसमा गम्भिर नहुने हो भने समाजमा सुशासन,आपसी सद्भाब र एक अर्का प्रतिको विश्वासको समेत अभाब हुने देखिन्छ ।

तस्करी गर्नेलाई संम्रक्षण गर्ने पनि तस्करीको भागिदार हुन्छ यो कानुनले ब्याख्या गरेको बिषय हो । त्यस कारण यसरी तस्करी गर्ने र तस्करीको बचाउ गर्ने जो कोहीलाईपनि कारबाही हुनु पर्छ ।लाखौ मुख्यको काठहरु पक्राउ परिरहदा तस्करहरु पक्राउ नपर्ने र पक्राउ परेपनि कारबाही फितलो हुने अबस्था किन सृजना भई रहेको छ ?यो बिचरणीय छ ।

नागरिक स्तरमा एक जन एक बिरुवाको निती लिएर सरकार अगाडी बढ्ने अनि सरकारी सुबिधा र जिम्मेवारी लिएर बसेका ब्यक्तिहरु चै संम्रक्षण गर्न नभई बिनास गर्न लाग्ने हो भने यसले राम्रो नतिजाको संकेत अवश्य गर्दैन ।हरियो बन सबैको धन हो । बनको संम्रक्षणका लागि मात्र सरकारले अर्वौ रुपैया लगानी गरेको छ ।

यसरी राज्यले लगानी गरेर संम्रक्षण गरेको क्षेत्रमा तस्करी गर्ने र उनीहरुलाई संम्रक्षण गर्नेलाई तत्कालै कारबाही हुनु जरुरी छ । सरकारले जसरी अहिले सुन तस्किर र ठेकदारहरुप्रति कठोर कदम एिको छ,सोही हिसाबले काठ तस्करीमा संलग्नहरुलाईपनि कारबाही गर्ने र कानुनी राज्य छ भन्ने अनुभुती जनतालाई गराउनु पर्छ । सरकारले काठको तस्करी नियन्त्रण गर्न स्पेसल टाक्स फोर्स नै बनाएर अगाडी बढ्नु आवश्यक छ ।