राेमान्टिक मुडमा मलिना र मनिष

alt
  • जेठ २४, २०७५
  • १५ पटक पढिएको
  • ब्लाष्ट खबर

मित्रता, प्रेम, द्धन्द्ध र बिछोडको समिश्रण रहेको फिल्म तिमी हुन्छौँ जहाँ जहाँको पोस्टर आउट गरिएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरु मलिना श्रेष्ठ र मनिष सुन्दर श्रेष्ठ रोमाण्टिक मुडमा देखिएका छन् भने स्वरुपपुरुष ढकाल र रबि गिरी पनि अटेका छन् ।

फिल्ममा मलिना , मनिषसंगै स्वरूप पुरुष ढकाल, गोपाल ढकाल (छन्दे) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । केही समय अगाडी एउटा गीत रिलिज गरिसकेको यो फिल्म पुर्णतय लभस्टोरीमा आधारित छ । बि. एण्ड बि फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् ।

फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्कोटा रहेका छन् भने सह- निर्माता बिना कार्की हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । तिमी हुन्छौँ जहाँ जहाँमा लेखन तथा निर्देशन विकाश बस्यालको रहेको छ । फिल्म असार ८ गतेबाट अलनेपाल रिलिज हुँदैछ ।

आधुनिक प्रेम र रोमान

जिरोपोइन्ट /  युवा पुस्ताले अत्यधिक रुचाएको नेपाली

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क

फापर हेर्ने हेलीकप्ट

मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचन


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved