विराटनगर । कोशी भिजन फिल्मस् प्रालीको ब्यानरमा नेपाली कथनक चलचित्र ‘किरात भुमि’ निमार्ण हुने भएको छ । किरात राज्यको कालखण्ड र त्यसमा भएको घटनाक्रमलाई उठान गर्न किरात भूमि चलचित्र निमार्ण हुन लागेको हो । चलचित्रमा किरात राज्यको साशन व्यवस्था किरात भुमिको धर्म संस्कृती, कलासाहित्य र नेपालको सिमानाका विषयलाई चित्रण गरिने बताइएको छ । कोशी भिजन प्रालिले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र निमार्ण शुभारम्भ गरेको थियो । समाजका ठुलावडाहरुले सानाहरुलाई एकआपसमा लडाएर कसरि फाइदा लिन्छन भन्ने विषयलाई चलचित्रमा समेटिएको चलचित्रका निर्देशक आकाश राईले वताए । उक्त चलचित्रमा आकाश राई, मिना मादेन लिम्वु, युनिशा राई, रेखा लिम्वु तथा संचारकर्मी तेजेन्द्र भण्डारी वालकलाकार मिशन राई तथा प्राकृतिक राईको भुमिका रहेको छ । आगामी दशै तिहारमा रिलिजगर्ने उदेश्यले निमार्ण शुरु भएको उक्त चलचित्रको छायाकंन विराटनगर, धरान , विर्तामोड सहित किरात भुुमिमा हुने निर्देशक राईले वताउनुभयो । चलचित्रको निमार्ण लागत ६० लाख भन्दा वढि रहेको छ ।