प्रतिक्षित फिल्मको रुपमा लिईएको आर्यन सिग्देल र साम्राज्ञी स्टार कायराको बारेमा आर्यन सिग्देल निकै मौन छन् । आर्यन यही फिल्मबाट आफनो गुमेको स्टारडम फर्काउँने प्रयासमा छन् सोही कारण पनि उनले कायराको बारेमा बोलेका छैनन् भने फिल्मका फोटो वा कुनै पनि जानकारीहरु आउट गरेका छैनन् । तर कुनै न कुनै रुपबाट कायराका तस्बिर र जानकारीहरु बाहिरीरहेका छन् ।

कायराको बारेमा आर्यन ठस न मसको अवस्थामा छन् तर फिल्मकी नायिका साम्राज्ञी भने कायराको तस्बिर , साउण्डबिनाका भिडियोहरु पोस्ट गरिरहन्छिन् । सोही कारणले पनि कायराप्रतिको चासो सेलाएको भने छैन् । उता आर्यन मौन छन् तर सामाजिक सञ्जालमा निकै सक्रिय साम्राज्ञीले कायराको सुटिङका तस्बिरहरु पोस्ट गर्दे आईरहेकीछिन् ।   केही समय अगाडी आर्यन र साम्राज्ञीको सुटिङको तस्बिर लिक हुँदा आर्यन निकै तनावमा परेको चर्चा थियो ।

आर्यन फिल्मको कुनै पनि जानकारी वा तस्बिरहरु नबाहिरीयोस भन्ने चाहान्छन् तर उनले साम्राज्ञीलाई भने रोक्न सकेका छैनन् । मेरो फिल्मीडटकम ले नै फिल्ममा फिलिपिनी नायिका एवं मिस ग्लोबल फिलिपिन्सप्रतियोगितामा टप १० मा पर्न सफल रोजेट काय पाब्लो को पनि अभिनय रहेको खुलासा गरेको थियो । आर्यन इन्टरटेन्मेण्ट र रिजाल एण्ड रिजाल प्रडक्सनबाट निर्माण भएको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्म साउन १८ बाट अल नेपाल रिलिज हुने तयारीमा रहेको छ ।