पानवारी । मंगलबार दिउँसो परेको चट्याङले धरान–२० स्थित भालढुंगा माविका ७ जना विद्यार्थीहरु घाइते भएका छन् । कक्षाकोठामा पढिरहेका अवस्थामा चट्याङ लाग्दा ६ कक्षाका ५ जना र कक्षा ८ र ९ का एकएक जना गरी सात जना घाइते भएका छन् । घाइतेको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । चट्याङ लागेर घाइते हुनेहरुमा ६ कक्षाका विद्यार्थीहरु पूर्णीमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई र प्रमिला पाण्डे रहेका छन् भने कक्षा ८ कि रिया राई र कक्षा ९ कि अस्मिता राई रहेकी छन् । उनीहरु सबैको अवस्था भने खतरामुक्त रहेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् ।