कलाकार बुद्दि तामाङलाई दर्शकले कमेडी भूमिकामा मात्र हेर्दै आएका छन् । तर, यसपटक भने उनी नायिकासँग रोमान्स गर्दै हिरोइज्म देखाउने तयारीमा छन् । जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार देख्न सकिन्छ ।

चलचित्रमा समावेश ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ । राजेश पुमाले कोरियोगं्राफी गरेको गीतको भिडियोलाई राहुल राइले खिचेका हुन भने अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् ।

टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ । चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, पि्रयंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा टेके राइकै कथा र संवाद छ भने पृथ्वी राइले यो चलचित्रलाई निर्माण गरेका हुन् । महंगो मुल्यको मट्टमिालाको कथालाई यो चलचित्रले रमाइलो तरिकाले देखाउन खोजेको छ ।