संवैधानिक व्यवस्थाअनुसार तीनै तहका सरकारहरू निर्माण भएपछि अहिले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको छ । यसअन्तर्गत नेपालमा रेल, केबलकार निर्माणदेखि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको प्रधानमन्त्री केपी ओलीले बताउने गरेका छन् । सरकारको यो कदममा ऐक्यबद्धता जनाउँदै युवा व्यवसायीहरू पनि जनशक्ति तयार गर्नेतर्फ सक्रिय भएका छन् । यसै सन्दर्भमा इटहरीको स्कील क्याम्पसका संस्थापक निर्देशक पृथ्वीराज पराजुलीसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंश

स्कील क्याम्पस प्रारम्भ भएको तीन वर्ष भएको छ । उपलब्धि के हासिल भएको छ ? हो, हामीले तीन वर्ष पूरा गरेका छौँ । शुरुको अवस्थाबाट कुन अवस्थामा आइपुगेका छौँ भन्ने विषयमा हामीले अलि फरक रूपले अध्ययन ग¥यौँ । भर्खरै मात्र हामीले अहिले भर्ना भएका विद्यार्थीका अभिभावक, पास आउट भएर गएका विद्यार्थीका अभिभावक र विदेशमा भएका विद्यार्थीका अभिभावकहरूसँग अन्तत्र्रिmया गरेर फिडब्याक लिने काम गरेका छौँ । यसबाट हामी उत्साहित भएका छौँ, हामीलाई थप ऊर्जा मिलेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हाम्रा विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धि, अभिभावकको फिडब्याक र उद्देश्यप्रतिको हाम्रो वफादारीले हामी हाम्रो लक्ष्यतर्पm नै अगाडि बढिरहेका छांँ भन्ने कुरामा शंका रहेन ।

होटल म्यानेजमेन्ट, टुरिजम र हस्पिटालिटीको क्षेत्रमा १ नम्बर प्रदेशलाई समेट्ने गरी कुनै योजना बनाउनुभएको छ ? अहिलेसम्म हामी धरान, इटहरी, विराटनगर, झापा र आसपासका ठाउँहरूलाई लक्षित गरेर अगाडि बढेका थियौँ । अब भने सिङ्गो १ नम्बर प्रदेश र देशलाई नै लक्षित गरेर अगाडि बढ्ने योजना छ । यसको कार्य पनि शुरु भइसकेको छ ।

त्यो कस्तो योजना हो ? एक नम्बर प्रदेशको सबैभन्दा सम्भावनायुक्त क्षेत्र भनेकै पर्यटन हो । पर्यटनबाट यो प्रदेशले राम्रो आय गर्न सक्छ । त्यसलै अहिले हामी पर्यटन क्षेत्रका लागि तत्काल आवश्यक पर्ने जनशक्ति तयार गर्दैछौँ । पहिलो कुरा त पर्यटनको विकास गर्न राम्रो होटल, होटलमा दिइने सेवा र त्यसको गुणस्तरमा सुधार गर्नुपर्छ । हामीले होटल म्यानेजमेन्टका विभिन्न कक्षाहरू सञ्चालन गरिरहेका छौँ । त्यति मात्र हैन, होटलमा आएका पाहुनालाई गर्ने व्यवहार (हस्पिटालिटी) पनि सिकाएका छौँ । हामी विकासको यात्रामा अगाडि बढिसकेका छौँ । त्यसैले देशको समग्र विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ भन्ने मान्यताले अब यो प्रदेशलाई मात्र नभएर अन्य प्रदेशका लागि समेत होटलका लागि दक्ष कर्मचारी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।

होटल म्यानेजमेन्ट र हस्पिटालिटीबाहेक अरू कार्यक्रम छैनन् ? छ, नयाँ कार्यक्रम छ । अहिले भारत र चीनले नेपालमा रेल भित्र्याउन खोजिरहेका छन् । हाम्रो सरकारले त काम पनि अगाडि बढाइसकेको छ । त्यसैले हामीले अब रेल्वे बनाउन र रेल सञ्चालन गर्दा आवश्यक पर्ने जनशक्ति तयार गर्ने कामको तयारी शुरु गरेका छाँै । यो हाम्रो देशकै लागि बिलकुल नयाँ कार्यक्रम हो । देश विकासमा हाम्रो पनि योगदान होस् भन्ने हाम्रो साँेच हो । कृषि र निर्माण क्षेत्रका लागि आवश्यक पर्ने स्रोत, सम्भावना र सीप विकासका लागि आवश्यक अध्ययन अघि बढाएका छौँ ।

रेल गुड्न त निकै समय लाग्ला, यो जनशक्तिले काम पाउँछ त ? सान्दर्भिक कुरा उठाउनुभयो । तयार गरेको जनशक्ति खपत हुन्छ कि हुँदैन, हुन्छ भने कहाँ र कसरी हुन्छ भन्ने कुराको अध्ययन गरेरै हामीले होटल म्यानेजमेन्ट शुरु गरेका हौँ । यसमा हामी सफल पनि भएका छौँ । रेलको विषय चाहिँ नयाँ हुन्छ । अब नेपालमा रेल आउने कुरालाई कसैले रोक्नेवाला छैन । हामीले तयार गरेको जनशक्ति त्यहीँ खर्च गर्ने हो किनभने जब काम शुरु हुन्छ, तब हामी काम गर्ने मान्छेको खोजीमा हुन्छौँ । हामी चाहिँ जनशक्ति तयार गरेर काम शुरु गरौँ भन्ने पक्षमा छौँ । कुनै कारणबस नेपालमा रेल नकुद्ने नै भयो भने पनि हाम्रो जनशक्तिले विदेशमा निकै राम्रो कमाइ गर्न सक्छ । विदेशमा यस्तो जनशक्तिको ठूलो माग छ ।

पछिल्लो एक वर्षमा धेरैवटा देशहरूको भ्रमण गरिसक्नुभएको छ । व्यक्तिगत हो कि अरू कुनै उद्देश्यले हो ? सामाजिक सञ्जालमा हेर्दा व्यक्तिगतजस्तो देखिएला तर अध्ययन अर्थात् सम्भावनाहरूको खोजीको भ्रमण हो । म जुन–जुन देशमा जान्छु, ती देशहरूमा युवा केमा व्यस्त छन्, सरकारी निकाय तथा निजी क्षेत्रले युवाको श्रम र सीपलाई कसरी उपयोग गरेका छन् भन्ने हेर्न र ती सबै कुराहरूलाई एकै ठाउमा सङ्ग्रह गरेर हाम्रो देशमा पनि युवाको सीप र श्रमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उद्देश्यका साथ मेरो भ्रमण हो । हामी आपैmँले नगरे देश बन्न सक्दैन भन्ने बुझेर नयाँ श्रम र सीपको व्यवस्थापन गर्न म अहिले अध्ययन गरिरहेको छु । हामीले नेपाली जनशक्तिलाई सिर्जनशील तथा सीपयुक्त जनशक्तिको रूपमा विकास गर्न चाहेका छौँ । मेरो भ्रमणको उद्देश्य नै विश्व सुहाउँदो स्रोत, श्रम र सीपको व्यवस्थापन तथा विकास कसरी गर्ने भन्ने हो ।

यी भ्रमणबाट केही नया“ काम गर्ने सोच आएको छ कि अध्ययनमै हुनुहुन्छ ? यो बेला हामीले इतिहासकै बलियो र स्थिर सरकार पाएका छौँ । सरकारको उद्देश्य पनि समृद्ध नेपालको छ । यसका लागि सबैभन्दा शुरुमा चाहिने पूर्वाधार विकासका लागि प्राविधिक जनशक्ति । विभिन्न देशको घुमाइबाट मैले के बुभेmँ भने विकासको गति समात्न सबैभन्दा पहिले पूर्वाधारको क्षेत्रमा दक्ष जनशक्ति आवश्यक पर्छ । अहिले नेपालमा सञ्चालन हुने कतिपय योजनाहरूमा विदेशबाट कर्मचारी ल्याउने गरिएको छ । हामीले यसलाई ध्यान दिएर कन्स्ट्रक्सन मेनपावरको व्यवस्थापनलाई पहिलो शर्त मानेका छौँ । यो क्षेत्रमा दक्ष जनशक्ति हुने हो भने नेपालमा हुने सबै काममा गुणस्तरीयता हुन्छ । नेपाली प्राविधिकहरूमा आप्mनो देशप्रतिको जिम्मेवारी पनि हुने भएकाले गुणस्तरीय काम हुन्छ भन्ने मेरो विश्वास हो । त्यसैले हामी रेल्वेका साथै कन्स्ट्रक्सन मेनपावर उत्पादनमा लागिपरेका छौँ ।

तपाईंहरूले जनशक्तिमात्र तयार गर्ने हो कि प्रविधि पनि भित्र्याउने ? जनशक्ति नभईकन प्रविधिमात्र भित्र्याएर अर्थपूर्ण नतिजाको अपेक्षा गर्नु भूल हुन जान्छ । अहिले नेपालमा एउटा पर्खाल प्लास्टर गर्न झण्डै एक दिन लाग्छ तर विदेशतिर प्रविधिको कारणले दुई घण्टामा हुन्छ । हामीले विदेशबाट उक्त टेक्नोलोजीलाई आत्मसात् नगर्ने र टेक्नोलोजी मैत्री जनशक्ति उत्पादन नगर्ने हो भने हामी अभैm पछि पर्नेछौँ । त्यसकारण हामीले पहिले जनशक्ति तयार गर्ने र जनशक्ति तयार भएपछि प्रविधि पनि भित्र्याउने योजना छ ।

निर्माण क्षेत्रका प्राविधिकहरू उत्पादन गर्न हामीकहाँ विज्ञहरूको उपलब्धता छ ? केही हामीकहाँ छन् । केही हामीले विदेशबाटै ल्याउनुपर्ने हुन्छ । यसका लागि हामीले विदेशका विभिन्न प्राविधिक शिक्षालयहरूमा सहकार्यको प्रयास थालेका छौँ । विदेशबाट विषयविज्ञ आउन तयार छन् तर यहाँ हामीले सीप सिक्ने जनशक्ति तयार गर्नुपर्यो ।

नेपाल कृषिप्रधान देश हो । कृषिको जनशक्ति तयार गर्ने तयारी छ कि छैन ? कृषि, पर्यटन, होटल, कन्स्ट्रक्सन र रेल्वे क्षेत्रमा जनशक्ति तयार गर्ने हाम्रो अबको उद्देश्य हो । यी क्षेत्रबाट समृद्धि हासिल गरेका अन्य देशहरूबाट यसका आधारभूत पक्षहरू केलाउने र नेपाल सुहाउँदो बनाएर अवलम्बन गर्ने हाम्रो सोच हो । त्यही कारणले मैले पछिल्लो वर्ष त्यसरी समृद्धि हासिल गरेका देशहरूको भ्रमण गरेको छु । त्यससँग सम्बन्धित संस्था र व्यक्तिसँग निरन्तर अन्तत्र्रिmया पनि गरेको छु ।

नेपालमा युवालाई दक्ष जनशक्तिका रूपमा तयार गर्न र स्वरोजगार बनाउन कुन नीति अवलम्बन गर्दा उपयुक्त देख्नुहुन्छ ? यसका लागि हामीले धेरै टाढा जानु पर्दैन । हाम्रै छिमेकी देशमा हेर्दा पुग्छ । भारतको सिक्किम सरकारले युवालाई निःशुल्क प्राविधिक शिक्षा दिन्छ र आपैmँले व्यवसाय सञ्चालन गर्न चाहन्छ भने दुई वर्षसम्म कर छुट दिन्छ । लगानीका लागि सहुलियतमा ऋण उपलब्ध गराउँछ । चीनमा युवालाई प्राविधिक शिक्षा र सीप दिने काम राज्यले गर्छ । लगानीको स्रोत राज्यले दिन्छ, उसले गरेको उत्पादन खपत हुने बजार राज्यले देखाइदिन्छ । त्यही कारण त्यहाँ धेरै रोजगार सिर्जना हुन्छ र आर्थिक वृद्धि भइरहेको छ । नेपालमा पनि त्यो काम गर्न नसकिने हैन । सीप, लगानी र बजार भयो भने नेपालीहरूले किन विदेशमा गएर पसिना बगाउने ? लगानी सुरक्षित हुने अवस्था आउनेबित्तिकै नेपालमा आफै रोजगारको सिर्जना हुन्छ । राज्यले सोहीअनुसारको नीति बनाउनुपर्छ ।

तपाईं कस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुभयो ? म उच्च स्तरका कार्यक्रमहरूमा सहभागी भएको छु जहाँ सहभागी हुन निकै मुस्किल परेको थियो । पछिल्लोपटक दुबईमा भएको सम्मेलन ‘जीईएसएफ २०१८’ मा सन् २०३० मा युवाको अवस्था र त्यो समयका लागि कसरी युवालाई तयार गर्ने भन्ने विषयको छलफलमा सहभागी भएँ । त्यो विश्व सम्मेलनमा सहभागी भएपछि भोलिको विश्व कसरी अघि बढ्दैछ र नेपाली युवालाई प्राविधिक शिक्षाको माध्यमबाट कसरी सँगै लिएर जाने भन्ने महत्वपूर्ण ज्ञान भएको छ । त्यही सम्मेलनको निचोडअनुसार हाम्रा होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई पनि भोलि विश्वसँग प्रतिस्पर्धा गर्न योग्य नागरिक बनाउन लागिपरेका छौँ । विदेश यात्राका क्रममा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड तथा दुबईका राजा शेख मोहम्मद विन ससीद अल्मुवतम सहभागी भएको कार्यक्रममा सहभागी भएको छु । आर्थिक विकास कसरी हासिल गर्ने भन्ने विषयमा अनुभव सुन्ने अवसर पाएको छु ।

अन्तर्राष्ट्रिय संस्थाहरूसँग कस्तो सम्बन्ध बनाउनुभयो ? मैले स्वीट्जरल्यान्डको क्यानटोनबाट होटल म्यानेजमेन्टमा ब्याचलर तथा मास्टर गर्न एमओयु गरेको छु । त्यसैगरी स्कटल्यान्डको एसभिओबाट भोकेसनल तालीममा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ । फ्रान्सको पेरिसमा सन् १८९५ मा स्थापित कलेज ले कर्डन ब्लुसँग सहकार्य गर्ने विषयमा छलफल भएको छ । पछिल्लो समय पूर्व उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका बेला नेपाली प्रतिनिधि मण्डलमा व्यापारिक तथा शैक्षिक क्षेत्रको प्रतिनिधित्व गर्दै भ्रमण गर्ने अवसर मिल्यो । त्यसै बेला नेपालमा रेल्वेका लागि आवश्यक जनशक्ति तयार गर्ने विषयमा एकदमै सकारात्मक कुरा भएको छ । अब हामी सरकारको कुनै नीतिले छेकेन भने चाँडै यो जनशक्ति उत्पादन शुरु गर्छौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ? अब देश बनाउने जिम्मेवारी हाम्रो काँधमा पनि आएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सम्भव बनाउन प्राविधिक शिक्षा र ज्ञान आजको निर्विकल्प बाटो हो । सधैँ राज्यलाई गाली गरेर बस्यौँ, अब त्यो छुट हामीलाई छैन । देशले मलाई के दियो हैन, मैले देशलाई के दिएँ भन्ने सोचेर सबै आ–आफ्नाे ठाउँबाट लागिपरौँ भन्न चाहन्छु ।