प्राय प्रेम सम्बन्धको कारण नै चर्चामा आउँने गरेका बलिउड नायक रणबीर कपुर यतिबेला फिल्मको कारण चर्चामा रहेका छन् । सञ्जय दक्तको बायोपिक फिल्ममा उनले सोनम कपुरसंग स्क्रिन सेयर गरेका छन् । सावरीया फिल्मबाट एकसाथ डेब्यु गरेका सोनम र रणबीरबीच कुनै सम्बन्ध बिग्रिएको पनि थियो ।सावरीयामा काम गर्दा प्रेम सम्बन्धको कारण पनि चर्चामा रहेका सोनम र रणबीरले करिब ११ बर्षपछि यी दुईले मनमुटाव भुलेर काम गरेका हुन् । सावरीयामा काम गरेपछि रणबीर र सोनमबीच सम्बन्ध खासै राम्रो भएन । उता रणबीरको दिपिका पादुकोणसंग पनि ब्रेकअप भएको थियो । यसबीचमा करण जौहरको चर्चित टिभी सो कफी विथ करणमा रणबीरलाई के उपहार दिन चाहान्छौ भनेर सोधिएको प्रश्नमा सोनमले झटपट दिएको जवाफले खुबै चर्चा कमाएको थियो ।

सोनम र दिपिकाले एकसाथ भनेका थिए म रणबीरलाई कण्डम उपहार दिन चाहान्छु । उनको यो जवाफले पनि रणबीर प्ले बोई हुन् भनेर स्पष्ट भएको थियो । त्यसो त रणबीरको अहिलेसम्मको प्रेमिकाहरुको लामो लिस्टबाट पनि त्यो प्रमाणित भईसकेको छ । सोनम र दिपिकाको जवाफले रणबीरको बुवा एवं अभिनेता ऋषि कपुरले यी दुई नायिकाको खुबै आलोचना गरेका थिए ।