इटहरी । दुई वर्ष अघिबाट विश्व साईकल यात्रामा निश्किएका झापाका युवराज मैनाली र पर्वतका भेषबहादुर कँडेल अहिले अमेरिका पुगेका छन । ४२ औँ देश साईकलमा घुमिसकेका उनीहरु यसपछि क्यानडा जानेछन ।

५ वर्षका विश्वका १५० देश पुग्ने उनीहरुको लक्ष्य लिएको उनीहरु बताउँछन । नेपालमा आएको विनाशकारी महाभूकम्प २०७२ साल वैशाख १२ ले नेपालमा ठुलो मानवीय, भौतिक, आर्थिक, सांस्कृतिक क्षति भएको र रगत अभाबले पनि नेपालीहरुको ज्यान गएको भन्दै रगत अभावले कसैको ज्यान नगुमोस् भन्ने सन्देश दिने,उदेश्यले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ नारासहित साईकल यात्रामा निश्किएको युवराजले फोन सम्पर्कमा भने ।

मेची महाकाली अभियानबाट सुरु भएको यात्रा अहिले अमेरिकामा छ । देशका सबै जिल्लामा पुगेर उनीहरुले यो सन्देशलाई प्रचारप्रसार गरे। एसियाका दर्जनौँ मुलुक, युरोप पश्चात यतिबेला उनीहरु अमेरिकाका राज्यमा साईकलमा घुमेरै रगतको महत्व बुझाउँदैछन् ।

उनीहरुलाई विदेश स्थितका नेपाली प्रवासी नेपाली संस्था, राजनीतिक दलका भातृ संघसंगठन, व्यक्तिगत र संस्थागत सहयोग मिलिरहेको छ।’४२ देश घुमिसक्दाका केही अनुभवबारे उनी सुनाउँछन ‘रगत मात्र यस्तो पदार्थ हो, जसबाट एक मानिसले अर्को मानिसको ज्यान बचाउन सक्दछ ।

वैज्ञानिकहरुले पनि कृत्रिम रगत उत्पादन गर्न सकेका छैनन्, भूकम्पको बेला धेरै मानिसहरु समयमा नै रगत नपाएका कारण अकाल मृत्यु वरण गरे, त्यसपछि नै हामीले अभियान सुरु ग¥यौँ युवराज सुनाउँछन ।

अहिले उनीहरु ५ महिनादेखि अमेरिकाका बिभिन्न राज्यमा आफ्नो मानबिय संदेस पुर्याउदैछन्। मैनालीले भने, अभियान महत्वाकांक्षी छ, नेपालीले सुरु गरेको अभियानलाई सफल बनाउन नेपालीहरुले नै सहयोग गर्नुपर्छ, यो देशको पनि गौरवको कुरा हो।