काठमाण्डौ/लोकसेवा आयोगले अब खरिदार पदमा भर्ना नलिने गरि संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको छ । राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) परिक्षा नलिने गरि मस्यौदा तयार भएको हो । अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।