कृषि प्रधान देशका युवा पुस्ता विदेशीने क्रम वढको छ । नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि खासै ध्यान दिन नसकेको कारण कृषि पेशाप्रति मानिसहरुको नकारात्मक धारणा वन्न थालेको यर्थाथ हो । किसानलाई उत्साह गर्ने काम सरकारी पक्षवाट नभएकै कारण आज देशका कृषि क्षेत्र परीवर्तन सक्ने पाखुरा भएकाहरु विदेशमा सिमित रकमका लागी पसिना बगाई परीवार पाल्न वाध्य छन । पहाडी क्षेत्रमा उत्पादन भएको फलफुल र अन्न पात समेत विक्रि गर्ने नपाउँने जनता हाम्रो देश कृषि प्रधान देश हो भन्दै कितावमा पड्ने गर्छन । वषेर्नी खेतीकिसान गरेर खाने कृषकहरुलाई राज्यले दिन पर्ने सेवा सुविधा दिन सकेको छैन । अझ भनौ कृषि क्षेत्रमा आएको करोडौ वजेटको वारे वेखवर छन । किसानका लागी आएका तालिमहरु कोठे कार्यक्रममा सकिन्छन । लक्षीत वर्ग सम्म पुग्न पर्ने रकम वाटैमा सकिने प्रवृतिकै कारण हाम्रो कृषि प्रधान देशको विकास हुन सकेको छैन ।

[caption id="attachment_61127" align="alignleft" width="252"] लेखकः धनबहादुर पुरी[/caption]

भएका केही जमिनहरुमा पनि जग्गा दलालहरुले जग्गा टुक्रा टुक्रा गरेका छन । कृषि प्रतिको हेराई फरक हुन थालेको छ अहिले । कृषकको छोरा छोरी भन्दा हामी सवैलाई लाज लाग्न थालेको छ । भएका केही किसानहरुलाई कृषिका लागि सरकारले यन्त्रीकरणका साथै विउ विजन र मलखादको राम्रो व्यवस्था गर्न नसकेको कारण कृषि पेशाको विकल्पको खोजी गर्न हुन थाली सकेको छ । वहुसंख्यक मानिसहरुहरु कृषिमा आधारीत भएपनि कृषिका लागि आधारभुत सिचाइं , मलखादका साथै विउविजन सरकारले राम्रो व्यवस्था गर्न नसकेका कारण किसानहरु कृषि पेशाको विकल्पका रुपमा वैदेशिक रोजगारीलाई लिन थालेका छन । वर्षेनी विदेशिने नेपालीहरुको संख्याले यो कुरालाई पुष्टी गर्दछ ।

विभिन्न समयमा सरकारका जिम्मेवार नेता तथा राजनैतिक दलका नेताहरुले कृषि क्षेत्रको विकासका लागि योजना ल्याउने वताउने गरेपनि यस्ता योजनाहरु आउन नसकेका कारण किसानहरुमा नैरास्यता छाउनु स्वाभिकै देखिन्छ । मुलुकमा सवै भन्दा वढी खाद्ययन्न वालीका रुपमा धान, मकै र गहू खेती हुने गरे पनि यीनीहरुका लागि चाहिने सिचाई सुविधा र मलखादको व्यवस्था हुन नसक्दा हुनु पर्ने जति उत्पादन लिन नसकिरहेको वताइएको छ । सिचाईको राम्रो प्रवन्धन नभएका कारण मुलुकका वहुसंख्यक किसानहरु अहिलेपनि मौषमी खेतीमा भर पनु परिरहेको गुनासो गर्दछन । हाम्रा बाजे बराजु अर्थात हाम्रा सम्पूर्ण पुर्खा नै कृषिमा आधारित थिए यो अर्थमा कृषि हाम्रा पुर्बजहरुको पुर्खेउली पेसा नै हो । देशमा बेरोजगारी बढेर वर्सेनी लाखौ युवा विदेश पलायन भइरहेका छन् । नेपालको कृषि कहिले पनि वैज्ञानिक र व्यावसायिक हुन सकेको छैन ।

कृषि क्षेत्रमा र किसानप्रति सरकारी उपेक्षा र उपयुक्त नीति तथा कार्यक्रमको अभावकै कारण यस क्षेत्रबाट राज्यले जुन अनुपातमा आथिर्क उपलब्धी हासिल गर्नुपर्ने थियो, त्यो रुपमा गर्न सकेको छैन । कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रमा नै देश असफलतामा जानु भनेको मुलुक आथिर्क विकासमा सबैभन्दा पछाडि धकेलिनु हो । दिगो कृषि प्रणाली अपनाउने हो भने देशमा भएको जनशक्ति विदेशम गएर आफनो श्रम बेच्न किन बाध्य हुनु ? आजका युवाहरुमा कृषी सम्बन्धी जनचेतनाको कमिले भएको साधनलाई सहि ठाउमा परिचालन गनेृ नसक्दा आज देश बदल्न सक्ने युवाको जमात दिनप्रतिदिन बिदेशिन बाध्य भएका छन । आफनो श्रमलाई अर्काको देशमा बेचेर भएको आम्दानिले केही समय सम्म त भरथेग गर्ला तर दिगोपना भने पक्कै पनि दिदैन । भएको श्रम आफनै देशभित्र परिचालन गरेर कृषिमा आएका आयमहरुलाई सहि तरिकाले सदुपयोग गर्ने सकियो भने मात्र कृषिमा क्रान्ती भएको मान्न सकिन्छ र आम तमाम युवा वर्गहरुलाई आफनै देशभित्र सदुपयोग गर्ने सकिन्छ ।

नेपाल कृषि प्रधान देश हो । यहांको ६६ प्रतिशत जनता प्रत्यक्ष रुपमा कृषिमा नै आश्रित छन । जमीनको खण्डीकरण निरन्तर हुनु, उब्जाउ र उर्वर भूमिका शहर, नगर स्थापना हुनु, दैनिक हजारौ युवा युवती विदेश पलायन हुनु , काम गर्ने युवा जनशक्ति ग्रामिण क्षेत्रमा नहुनु, मल, विऊ, सिंचाई , प्राविधिक ज्ञान एकीकृत रुपमा कृषकले प्राप्त गर्न नसक्नु, कृषि तथा पशुजन्य पदार्थको मूल्य छिमेकी राष्ट्रसँग प्रतिस्पर्धा हुन नसक्नु, कृषि तथा पशुपालन क्षेत्रमा ऋण प्रवाह न्यून तथा ग्रामिण कृषकमा ऋणको पहुँच नहुनु अझै पनि कृषि क्षेत्रमा भएका चुनैतीहरु हुन ।

भन्नलाई अहिले सरकारले कृषि क्षेत्रमा बजेट अत्याधिक छुट्याईएको छ । तर बास्तबीक किसान सम्म ती बजेट पुग्लान नपुग्लान हर्ने भने बाकी छ । कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, कृषि विभाग, कृषि अनुसन्धान परिषद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीचमा घनीभूत सहकार्यको अभाव रहिरहनु । जस्ले गर्दा कृषि तथा पशु सेवा प्रसार र कृषि अनुसन्धानमा तालमेल मिलेको छैन । कृषिमा यान्त्रीकरण नहुनु वा भएको पनि सुस्त रुपमा मात्र हुनु, कृषि÷पशु सेवामा प्रयोगात्मक शिप मुलक कृषक ÷प्राविधिक तालिमको अभाव र समस्या सामाधानको लागि भन्दा सैद्वान्तिक पक्षमा मात्र जोड दिईएको अबस्था छ, बोट विरुवा, तरकारी, फलफुल, र अन्नवालीमा अन्दाधुन्द विषाक्ती प्रयोग बढेका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । यो सबै सहि तालीम, ज्ञान, सीपको कमीका कारणले भएका छन् । विषादी प्रयोग सम्वन्धी जनचेतनाको कमी छ ।

अहिले पनि किसानहरु विषदीको प्रयोग ब्यापक गरीरहेको छन । भूमि नीती २०७० लागु भई कार्यान्वयन भए पश्चात जग्गा प्लटिङ तथा खण्डीकरणमा सुधारको अपेक्षा गरिन्छ । युवा वर्गमा सहुलियत पूर्ण कर्जा दिई ब्यावसायमा लगाउँन सके केहि हद सम्म कृषि क्षेत्र सुध्रने पक्का छ । आधुनिक कृषिको लागि विभिन्न संघ सस्थाबाट अनुदानमा पर्याप्तमात्रामा योजनाहरु उपलब्ध भएता पनि त्यसलाई बास्तबीक किसानले ग्रहण गर्ने सकेको छैनन् । विभिन्न क्षेत्रबाट आएको अनुदान अहिले पनि विचौलीयको हातमा पुगेको छ भन्दा फरक नपर्ला ।