पानवारी । एसओएस हर्मन माइनर विद्यालयमा कक्षा आठमा अध्यनरत विद्यार्थी रवि महतो रोबट बनाएर अहिले सबैको प्रशंसनिय पात्र बन्न सफल भएका छन् । उनले ६ कक्षामा पढ्दा रोबोटिक्स एशोसिएसन नेपालले आयोजना गरेको ७ दिने तालिम तथा कार्यशालामा सहभागी भएपछि रोबट बनाउन सुरु गरेका हुन् ।

त्यसो त उनी विद्यालयमा अन्य क्षेत्रमा समेत प्रतिभाशाली विद्यार्थी भनेर चिनिन्छन् । उनको सोही प्रतिभा भएको तर आर्थिक अवस्था समेत कमजोर भएपछि एसओएस सामाजिक केन्द्रले एससोएस हर्मन माइनर विद्यालयमा छात्रवृत्ति प्रदान गरेको हो । कक्षा आठमा अध्ययनरत महतोले अहिलेसम्म तीनवटा रोबोट निर्माण गरिसकेका छन् । कक्षा ७ मा पढ्दा पढ्दै उनले भ्याकुम क्लिनिर रोबोट्स निर्माण गरि विद्यालयमा प्रदर्शन गरेका थिए । अहिले उनले ब्लुटूथबाट चल्ने रोबोट्स कार निर्माण गरेका छन् । जुन उनले विद्यालयको २५ औ अभिभावक दिवसमा प्रस्तुत गरे । महतोले निर्माण गरेको ब्लुटूथ रोबोट्स कारको नियन्त्रण एण्ड्रोइड एप्सबाट हुन्छ । उनले सो कार निर्माण गर्न ६ हजार रुपैया खर्चिएको बताउँछन् । कार निर्माणमा उनले पावर बैंकदेखि लिएर स(साना सामाग्रिहरुको प्रयोग गरेको उनले बताए ।

उनी जनकपुरको एक सामान्य परिवारमा जन्मिएका हुन् । रविका पिता प्रमोद महतो छोरोको निर्माण कार्य तथा अनुशन्धानमै आफ्नो सिमित कमाइको ठुलो लगानी गईरहेको बताउछन् । अहिले उनको प्रतिभा देखेर विद्यालयका शिक्षकहरु उनलाई विद्यालयको कम्प्युटर ल्याब तथा बिज्ञान ल्याबमा बसेर अध्ययन गने अवसर दिने गरेको बताए । प्रधानध्यापक शान्तिराम तिम्सिना भन्छन् ‘हामीले रविलाई प्रदान गर्ने श्रोत तथा संशाधन अत्यन्तै सिमित छ । यद्दपी उनको आवश्यकता अनुसार अनुशन्धान तथा अध्ययनको क्षेत्रलाइ बिस्तार गर्ने सक्दो प्रयास गरिरहेका छौ ।’ उनले ‘मलाइ ज्ञान भएसम्म रवि कक्षा ६ मा पढ्दा कक्षाका प्रथम बिद्यार्र्थी हुन् र अहिले पनि उनको कक्षा ७ को परिक्षाफल हेर्दा ९० प्रतिशत भन्दा माथि छ । यिनको भाषिक ज्ञान र विश्लेषण गर्ने क्षमता अव्वलनै छ ।’