इन्धनकाे मुल्य बढ्याे पेट्राेलकाे मुल्य ११३, ग्यास र डिजेलकाे कति ?

alt
  • जेठ २०, २०७५
  • ६८ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ । यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमो छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाटघाटा ब्यहोर्न निनगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी माैलाएको छ ।

भद्रपुर नगरमा शङ्कास

भद्रपुर/झापाको भद्रपुर नगरपालिकामा शङ्कास्पद वस्तु फेला

विप्लवका कार्यकता चन

विराटनगर /  चन्दा उठाउन जाँने क्रममा नेत्रविक्रम च

धरानको बजेट १ अर्ब ७

धरान/धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोडको बजेट सिलिङ

सकरात्मक समाचारका ला

धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved