विजयपुर । धरान उपमहानगरापलिकामा मङगलबार एकैदिन ५ हजार ३ सय ८६ बिद्यार्थीले छात्रबृत्ति प्राप्त गरेका छन् । धरान उपमहानगरपालिका शिक्षा समितीका अध्यक्ष शंकरप्रसाद घिमिरेले धरान भित्र रहेका ४५ वटा सामुदायीक बिद्यालयका बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ८ सम्म सबै छात्रा तथा कक्षा १ देखि १० सम्मका दलित छात्रछात्राहरुले छात्रबृत्ति प्राप्त गरेका हुन । धरानका प्रत्येक बिद्यालयमा कार्यक्रम आयोजना गरि छात्रबृत्ति बितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । नेपाल सरकार मार्फत धरान उपमहानगरपालिकामा शैक्षिक सत्र २०७४ का लागि प्राप्त भएको बजेटबाट छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति, तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीबाट प्राप्त सिमान्तकृत छात्रवृत्ति, माध्यमिक तह जेहेन्दार छात्रवृत्ति बितरण भएको हो । पञ्चायतमा १ सय ६ जनाले पाए धरान उपमहानगरपालिका वडा नं. १० स्थित श्री पञ्चायत माध्यमिक विद्यालयका १ सय ६ जना विद्यार्थीहरुले छात्र तथा छात्रा छात्रबृति प्राप्त गरेका छन् ।उनीहरुले ४ सय रुपैयाका दरले दलित तथा छात्रा छात्रवृत्ति, ५ जना विद्यार्थीहरुलाई १ हजार ७ सय रुपैयाका दरले जेहेन्दार तथा १ जना विद्यार्थीलाई ५ सय रुपैयाको सिमान्तकृत छात्रवृत्ति वितरण गरिएको थियो । धरान वार्ड नम्बर १० का वडाध्यक्ष श्रीप्रसाद सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरान १६ मा रहेको सियोन विद्यालयको तर्फबाट ५२ जना विद्यार्थीहरुलाई विद्यालय पोषाकको जुत्ता वितरण गरिएको थियो । सियोन स्कुलका निर्देशक खड्ग बहादुर थापा मगर र संयोजक मेहेरमान ह्यूजले जुत्ता प्रदान गरेका थिए । कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष रामकाजी न्यौपानेले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक उत्तम श्रेष्ठ ले विद्यालयका विविध कार्यक्रममा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा ११, १२ का संयोजक प्रदीप पाख्रिनले गरेका थिए ।