बिर्तामोड । वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा १५ जना बिद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर शिक्षा आधारभूत आवश्यकता बनिसकेकोले आर्थिक रूपमा विपन्नता समुदायका बिद्यार्थीलाई कम्प्युटरमा पहुँच पुर्याउने उदेश्यले निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको हो । दुइवटै संस्थाले बिर्तामोडमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी असार १ गतेदेखि कक्षा सञ्चालन गरिने जानकारी दिएका छन् । निःशुल्क कम्प्युटर शिक्षाका लागि अनाथ, अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न समुदायका इच्छुक बिद्यार्थीवाट आवेदन आह्वान गरेर आवश्यकता अनुसार स्थलगत अध्ययन समेत गरी १५ जना बिद्यार्थी छनौट गरिने वीरता जेसीजका अध्यक्ष एकराज गिरीले बताए । दुवै संस्थाको सहकार्यका यसबर्ष आर्थिक रूपमा विपन्न समुदायका १५ जना बिद्यार्थीलाई उनीहरूको रोजाईका कोर्षमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने घोषणा गरेको छन् । कम्प्युटरको आधारभूत कोर्षहरूमा ग्राफिक डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर नेटवर्किङ जस्ता कोर्ष बिद्यार्थीले अध्ययन गर्न पाउने बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक राज कार्कीले बताए ।