काठमाडौं । नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिएकाे छ ।

बुधबार साँझ काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रममा लामिछानेलाई कार पुरस्कार दिइएकाे हाे । टाटा मोटर्सले सन्दीप लामिछानेलाई ३ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएर करीब २५ लाख रुपैयाँ मूल्य पर्ने टाटा टिगोर कार उपहार दिएकाे हाे ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सन्दीपलाई टाटा टिगोर गाडीको साँचो हस्तान्तरण गर्नुभएको हो । कारको करलगायत सम्पूर्ण खर्च सन्दीपले ब्यहोर्नुनपर्ने सिप्रदीले जनाएको छ ।

त्यसका लागि सन्दीपले सिप्रदीसँग आउँदो तीन वर्षका लागि ब्राण्ड एम्बासडरको सम्झौता गरेका छन् ।