इलाम । इलाममा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। माइजोगमाइ गाँउपालिका–४ सोयाङ घर भइ हाल इलाम नगरपालिका– ९ गोलाखर्क डेरा गरी बस्ने मदन लिम्बुले बिहिवार साँझ सामान्य घरायसी विवाद हुँदा आफनै श्रीमती २६ बर्षिया बिमला लिम्बुलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि घाइते भएकी बिमलाको उपचारको क्रममा इलाम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। फरार रहेका मदन लिम्बुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।