चतरा । वराहक्षेत्र नगरपालिकास्थित २ नं. वडाले वडाक्षेत्रका झण्डै २० जना युवालाई प्लम्बिङ तालिम प्रदान गर्ने भएको छ । युवाको क्षमता विकासका लागि विनियोजित बजेटबाट रोजगारमुलक तालिम प्रदान गरिने वडाध्यक्ष हरिकृष्ण भटटराईले जानकारी दिए । तालिममा सहभागीले १ महिनासम्म प्लम्बिङ सम्बन्धि तालिम लिनेछन । तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान दिइने प्रशिक्षक जितेन राईले बताए । तालिमको औपचारिक उदघाटन गर्दैै वडाध्यक्ष भटटराईले दक्ष जनशक्ति उत्पादन गर्ने नगरको योजनामा यो तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै परिचालन गर्न पनि तालिमले सहयोग पु¥याउने सहभागीले बताएका थिए ।