मोरङ। मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई जन्मकैद सजाय दिन शाक्यकी आमाले माग गर्नुभएको छ ।

उर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गोरेलाई जन्मकैद सजाय घोषणा गरिएमात्र आफ्नो छोरा सनमको आत्माले शान्ति पाउने बताउनुभयो । गोरेलाई जन्मकैद सजाय दिँदै मृतक सनमकी श्रीमती र छोरीको पालनपोषणका लागि राहात पनि उपलब्ध गराईदिनु सनमकी आमाले आग्रह गर्नुभएको छ ।
(हेर्नुहोस् भिडियो)