धरान । लिवर्टी रेसिडेन्सियल स्कुलको सदन निर्वाचनमा निश्चल लिम्बु स्कुल क्याप्टेनमा विजयी भएको छ । उनी आङ्खनो प्रतिद्वन्दी अनु गुरुङ्गलाई ५० मतान्तरले पछि पार्दै स्कुल क्याप्टेनमा विजयी भएको हो । उनले कुल ३५० मतदाता रहेको सो निर्वाचनमा २०० मत प्राप्त गरेका थिए । स्कुल क्याप्टेनका उम्मेदवार अनु गुरुङ्ग तथा खनिशा लिम्बुले क्रमश ः ११८ मत तथा ३० मत प्राप्त गरेका थिए भने २ मत बदर भएको थियो । त्यसैगरी स्कुल भाइस क्याप्टेनमा क्रिश्टिना राई विजयी भएकी छिन् । उनले आङ्खनो निकटतम प्रतिद्वन्दी रोहित लिम्बुलाई १५० मतले पछि परेको हो । उनले कुल २०० मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी लिम्बुले भने १४५ मत प्राप्त गरेका थिए भने ५ मत बदर भएको थियो । यसरी नै निलो सदन तर्फ क्याप्टेन तथा भाइस क्याप्टेनमा सुदिप लिम्बु र कुमार बि.क. विजयी भएका छन् भने रातो सदन तर्फ क्रमशः दिपा मगर तथा सोनिया राई विजयी भएकी छिन् । पहेलो सदनमा भने प्रभात श्रेष्ठ र सुरज देवान विजयी भए भने हरियो सदन तर्फ सामना राई तथा समिर खापुङ्ग क्रमश क्याप्टेन तथा भाइस क्याप्टेनमा विजयी भएको छ । विजयी उम्मेदवारहरुलाई आजनै पदस्थापना गरिएको विद्यालयका प्रमुख निर्वाचन आयुक्त धिरेन लिम्बुले बताए । उनीहरुलाई विद्यालय प्रिन्सिपल तथा विद्यालय निर्वाचन आयोगका सदस्यहरुले प्रमाण पत्र दिदै पदस्थापना गराइएको थियो ।