विराटनगर । पूर्वी क्षेत्रमा रहेको चुरे क्षेत्रको खोलाहरुबाट अझै पनि अवैद्य रुपमा उत्खनन हुँदै आएको पाइएको छ । उत्खनन् गर्न पूर्ण रुपमा रोक लगाएको खोलाबाट प्रहरीले बिहीबार जेसिबीसहित चार वटा ट्याक्टर पक्राउ गरेको हो । स्वीकृत परिमाणभन्दा तीन गुणा बढी नदिजन्य पदार्थ उत्खनन् गरेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरेको भन्दै मोरङको केराबारी गाउँपालिकामा पर्ने खदम खोला उत्खनन् गर्न पूर्ण रुपम रोक लगाएको थियो । केराबारी गाउँपाकिाले गएको शुक्रबार खोला ठेक्का लिएको ठेकेदार कम्पनी भूमि कन्ट्रक्सनको नाममा पत्र नै लेखरेर उत्खनन् रोक्न भनिएको थियो । तर, पूर्ण रुपमा उत्खनन रोक्न भनेको एक साता वित्न नपाउँदै उत्खनन गर्दै गरेको गरेको जेसीबि र चार वटा ट्याक्टर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अवैध ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ना १ क ६८५४ नं. को जेसिवी, को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५, को २ त ४३२१ नम्बरको ट्क्याटर ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको जेसीबी र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति मोरङको कार्यालयमा पठाईएको छ । मोरङको केरावारीस्थित खदम खोलामा अत्याधिक उत्खनन् गरेर ढुंगा, गिटि बिक्रि गर्दा खोला गहिरिएको र राज्यको करोडौं रुपैयाँ राजश्व चुहावट भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानियले विरोध जनाएपछि गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गाउँपालिका क्षेत्रको विकास निर्माण कार्यलाई समयावधी भित्रै सम्पन्न गर्न खोला उत्खनन् गर्ने कार्य बाँकी रहेकोले उत्खनन् अनुमति दिइएकोमा अब पूर्णरुपमा बन्द गर्न भनिएको थियो ।