भद्रपुर । २०३६ सालमा घाँसे धावनमार्गबाट उडान सेवा सुरु गरेको झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी नागरिक उडड्यान कार्यालयको मुहार फेरिन थालेको छ । नेपालको पूर्व सीमानामा पर्ने चन्द्रगढी विमानस्थलमा नेपाल नागरिक उडड्यान प्राधिकरणले अत्याधुनिक प्रविधि युक्त मेशिनरी सामग्री एकपछि अर्को गर्दै जडान गर्न थालेपछि यसको मुहार फेरिर्दै गएको हो । चन्द्रगढी विमानस्थललाई समयको परिवर्तनसंगै सुरिक्षत हवाई सेवा प्रदान गराउन नेपाल नागरिक उडड्यान प्राधिकरण लागि परेको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । सेटलाइट मार्फत सञ्चालन हुने आइएफआर प्रविधि महानिर्देशक गौतमसहित प्राधाकिरणबाट आएको टोलीले बुद्ध एयरलान्इसमा उक्त प्रविधि परिक्षण गर्दै विमानस्थल आइपुगेका थिए । विमानस्थलमा पत्रकारसंग गरेको संक्षिप्त अन्तरिक्रया कार्यक्रममा बोल्दै महानिर्देशक गौतमले चन्द्रगढी विमानस्थलको स्तोरउन्नतीका लागि लागिपरेको बताए । आइएफआर प्रविधि जडानले कम्तिमा २२ सय भिजिविलिटि हुदाँ विमान सेवा सुचारु हुने उनले जनाए । अब पहिला जस्तो ५ हजार पर्खिनु पर्दैन, अहिले बुद्ध एयरलायन्समा यो प्रविधि जडान भएको छ, सौर्य, यति र नेपाल एयरलाइन्समा पनि क्रमश जडान गर्ने उनले बताए । प्राधिकरणका एटीसी डाइरेक्टर दीपक बरालले भु– उपग्रहमा आधारित आइएफआर जडानले विमान चालकलाई अवतरण र उडान भर्ने सहज हुने बताए । यसअघि आँखाको भरमा विमान चालकले विमानस्थल हेरेर अवतरण गर्दै आएका थिए, उनले भने, अव त्यसको अन्त्य भएको छ, यसले विमान यात्रु र विमान चालक पहिला भन्दा सुरक्षित हुन्छ । विगतमा चन्द्रगढी विमानस्थलमा आइएफआर प्रणाली अन्तरगत आर.एन.ए.भि जी.एन.एस.एस एप्रोच नामक प्रविधि जडान नभएका कारण हुस्सु र कुहिरोले ५ किलोमिटर भिजिविलिटि नपुग्दा विमान सेवा ठप्प हुने गरेको उनले जनाए । यसैगरि प्राधिकरणले हवाई यात्रुको सेवा सुविधालाई मध्यनजर गर्दै रनवे लाइटसँगै रात्री विमान सेवा सञ्चालनको तयारीमा रहेको जनाएको छ । रनवे लाइट जडान भए १६ सय सम्म भिजिविलिटि भए पुग्छ, त्यसको लागि पनि टेण्डर आवहन गरिसकेका छौ ।” रनवे लाइट जडान भएपछि रात्री सेवा पनि सुचारु हुन्छ, उनले भने । घाँसे धावनमार्गलाई कालोपत्रे गरेसँगै यस विमानस्थलमा विमान सेवासगै यात्रुको चाप पनि दिनप्रतिदिनि बढन थालेको छ । अहिले १५ सय मिटर धावनमार्ग रहेको छ । यसको विस्तारको लागि प्राधिकरण ठोस योजनाका साथ अघि बढिसकेको महानिर्देशक गौतमले जानकारी दिए । विमानस्थलको पूर्व पट्टि धावनमार्ग बढाउने योजना रहेको उनले बताए धावनमार्ग विस्तारका लागि जमिनको अध्ययन भइ स्थलगत सर्वे भइसकेकोले विमानलाई अवतरण र उडान भर्ने अझ सजिलो हुने उनको भनाई छ । अर्को तर्फ विमानस्थलमा एउटा आधुनिक स्तरीय एक्सरे मेसिन सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । प्राधिकरणले ५० लाख मुल्य पर्ने एक्सरे मेसिन यात्रु कक्षमा जडान गरिदिएपछि यात्रुलाई अहिले सहज भएको नागरिक उड्डयान कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए । त्यस्तैगरी विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ सेवा सुचारु भएपछि विमान कम्पनीहरुलाई राहत मिलेको छ । यसअघि काठमाडौबाट इन्धन बोकेर आउने गरेका विमानले अहिले विमानस्थलबाटै इन्धन रिफ्युलिङ सेवा लिइरहेको छ । जसले गर्दा विमान कम्पनीलाई सेवा दिन सहज भइरहेको छ । विराटनगरबाट इन्धन भर्दै आएका ट्यांक्कर सुविधाका लागि भद्रपुरमै इन्धन भण्डार खोल्ने योजना अघि बढिसकेको जनाइएको छ । इन्धन रिफ्युलिङ सेवा सुचारु गर्दा विमानस्थलमा बारुणयन्त्र अति आवश्यक पर्ने भएकोले त्यसको लागि प्राधिकरणले चाडै बारुणयन्त्र पठाउने योजनामा रहेको महानिर्देशक गौतमले बताए । छिमेकी राष्ट भारतसंगै जोडिएको विमानस्थलमा पयर्टन आउने संख्या वृद्धि भएको छ । भारतको दार्जिलिङ र सिक्कीम घुम्न आउने पर्यटक नेपाल आउँदा यसै विमान स्थलको प्रयोग बढी गर्ने थालेको चुडालले बताए । जिल्लाको पर्यटन स्थलसँगै पहाडी जिल्ला घुम्न आउने पर्यटक भारतीय नाका भएर आउनेको संख्या अझ बढाउन आवश्यक रहेको बताए । बुद्ध एयरलाइन्सका क्यापटेन प्रमोद थापाका अनुसार भद्रपुर विमानस्थल विमान चालकका लागि सुरक्षित भएको बताए । विमानस्थलमा अहिले बुद्धका २, यतिका २, नेपाल एयरलाइन्सका २ र सौर्यका १ गरी सात वटा विमानले नियमित हवाई सेवा दिदै आएको चन्द्रगढी उड्डयन कार्यालयले जनाएको छ ।