भद्रपुर/आइतबार मध्यराती झापाको दक्षिणी क्षेत्र कचनकवल गाउपालिका ४ स्थित पक्लीभिट्टामा आगलागि हुदा २५ लाख मूल्य बराबरको क्षति भएको छ । राती ११ बजे शाह आलमको घरमा विद्युत् सर्ट भइ भएको आगलागिबाट आठ वटा घर पूर्णरुपले क्षति पुगेको इलाका प्रहरी कार्यालय वनियानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय वनियानी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट केचनाबाट खटिएको गस्ती टोली लगायत स्थानीयले सोमबार विहान २ बजे आगो नियन्त्रणमा लिएको वनियानी इलाका सइ उदय शम्शेर जबराले जानकारी दिए । आगलागीबाट टिनको छानो भएका आठवटा फुस्को घर खरानी भएको,केहि चौपाया मरेको,अन्नपात ,लत्ताकपडा जलेको र पाँचवटा घरमा आशिंक क्षति पुगेको छ भने ४३ जना मानिस प्रभावित बनेको सइ जबराको भनाइ छ ।

आगलागिबाट स्थानीय आसिन मियाँ,मन्सुर,आलम,नरहुशैन,सुडेना खातुन,थारुक मियाँ,जलिम मियाँ र जाबुल मियाँको घर खरानी भएको छ भने जमशेद,त्रशमिन,जैनाल,श आलम र रफुक मियाँको घरमा आशिक क्षति पुगेको उनले जनाए । घट्नापछि पीडित परिवारजको लागि कचनकबल गाँउपालिकाले उचित राहत व्यवस्थापनको लागि व्यबस्था मिलाइरहेको उनले जानकारी दिए ।