इटहरी/ तरहरामा रहेको नव सुन्दर क्लबले आयोजनमा इटहरी स्थित तरहरामा स्वर्गीय रवि राई स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने प्रतियोगिताको आयोजना गर्ने लागेको जनाएको छ ।

यहि जेष्ठ ११ गतेबाट १८ गतेसम्म चल्ने उक्त खेलमा सुनसरी जिल्ला भरबााट ८ वटा टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष शुरेश केसीले जनाए । तरहरा क्षेत्रमा लामो समय देखि प्रतियोगिता हुन नसकेको बेला यस वर्ष भने प्रतियोगिता गर्ने लागेको अध्यक्ष केसीले बताए ।

तरहरा स्थित जडीबुटीको खेलमैदानमा हुन लागेको उक्त प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता टिमले नगद पच्चिस हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक सदस्य दिनेश गुरुङ , शंकर कार्की,जिवन श्रेष्ठ ,मनोज राई लगायतले खेलकुदका विकास गर्ने आवश्यक रहेको बताएका थिए ।