विभिन्न अनुसन्धानलाई हेर्ने हो भने देखिन्छ- सामान्यतः विश्वव्यापी रूपमै महिलाहरू पुरुषका तुलनामा बढी बाँच्छन् । सन् २०१६ को तथ्यांकअनुसार नेपालीहरूको औसत आयु ७०.२५ वर्ष रहेकामा महिलाको ७१.८८ र पुरुषको ६८.६६ वर्ष रहेको देखिन्छ । यस आधारमा हेर्दा महिला र पुरुषबीच सरदर ३ वर्ष आयु अन्तर देखिन्छ जुन निकै ठूलो अन्तर मानिन्छ ।

विश्वभरिकै सरदर आयुमा पनि यही बराबरकै अन्तर देख्न सकिन्छ । यस हिुसाबले हेर्दा पुरुषहरूले महिलाहरू जत्तिकै लामो आयु बाँच्नका लागि केही उपाय लगाउनुपर्ने बेला आइपुगेको छ । यसका लागि केही उपाय छन् पनि । ती उपाय अवलम्बन गर्नाले पुरुषहरू पनि दीर्घजीवी हुने बाटोमा अघि बढ्न सक्छन् ।

एउटा अध्ययनले बताएको भो महिलाहरू बढी बाँच्नुमा आनुवंशिक कारणले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । महिलाहरूमा ह्ह् क्रोमोजोम हुन्छ भने पुरुषमा एक ह्थ् हुन्छ । ह् क्रोमोजोम शरीरको हरेक कोषिकामा पाइन्छ र यिनमा आनुवंशिक लक्षण हुन्छ । पहिले शोधकर्ताहरूले के ठान्दथे भने थ् क्रोमोजोमको कुनै काम हुँदैन, तर अब आएर के थाहा भयो भने थ् क्रोमाजोममा देखा पर्ने कमीका कारण पुरुषको आयु घट्न सक्छ । यस सन्दर्भमा विचारणीय कुरा के छ भने जीवनशैलीले लामो आयुका लागि महन्वपूर्ण भूमिका खेल्दछ ।

लामो आयु बाँच्न चाहने पुरुषका लागि यहाँ ७ वटा उपाय बताइएको छ जसलाई अवलम्बन गर्नाले लामो आयु बाँच्न सकिन्छ ।

सम्भोग

शोधकर्ताहरूका अनुसार पर्यापत मात्रामा गरिने स्वस्थकर सम्भोगले अल्पायु मृत्युदरमा ५० प्रतिशतसम्म कमी आउनसक्छ । उनहिरू १० वर्षसम्म फलोअप गरेर गरेको सामूहिक अध्ययनमा ९१८ जना पुरुषलाई सामेल गराइएको थियो जसमा ४५ देखि ५९ उमेर समूहका पुरुष थिए । उक्त अध्ययनबाट के पत्ता लगाइयो भने जसजसको सम्भोगको आवृत्ति बढी थियो उनीहरूको मृत्युदर कम सम्भोग गर्ने पुरुषहरूको तुलनामा ५० प्रतिशतले बढी थियो । शोधकर्ताहरूका अनुसार सम्भोगका क्रममा निस्कने सेरोटोनिन हर्मोनका कारण बढी सम्भोग गर्नेहरूको मृत्युदर कम भएको हो । सेरोटोनिन हर्मोनले मानिसलाई खुसी तथा आरामदायी महसुस गराउने काम गर्छ ।

बालबालिका

बाबु बन्नु कुनै पनि पुरुषका लागि तृप्तिकारक हुन्छ । बाबु बन्नु प्राकृतिक कुरा हो तर यसले समर्पण एवं पर्याप्त मेहेनतको अपेक्षा पनि गर्छ । जर्नल अफ इपिडेमियोलोजी एन्ड कम्युनिटी हेल्थले गरेको एक अध्ययनअनुसार बालबालिका हुने पुरुषहरू लामो समयसम्म बाँच्ने सम्भावना अधिक हुन्छ । सन्तानविहीन पुरुषका तुलनामा सन्तान भएका पुरुषहरूको आयु सरदरमा २ वर्ष बढी हुने अध्ययनको निष्कर्ष छ ।

जिम्मेवारी

जिम्मेवार पुरुषहरूको आयु पनि गैरजिम्मेवार पुरुषको भन्दा अपेक्षाकृत बढी हुन्छ । जिम्मेवार पुरुषहरूको समस्या धेरै हदसम्म कम हुनुका साथै उनीहरूको संज्ञानात्मक क्षमता समेत वृद्धि हुन्छ । जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकोलोजीले अध्ययन गर्ने क्रममा केही बूढा पुरुषहरूलाई बिरुवाको हेरचाह गर्न लगाइएको थियो । बिरुवाको रेखदेख गर्ने क्रममा ती व्यक्तिहरूमा सतर्कता, सामान्य कार्य एवं सामाजिकीकरण बढेको थियो ।

रक्तचाप नियन्त्रण

एक अध्ययनले पुरुषहरूको मृत्यु छिटो हुनुमा मुटुरोग, क्यान्सर एवं स्ट्रोकलाई प्रमुख कारण बताएको छ, यी सबै समस्या उच्च रक्तचापका कारण हुने गर्छ । यद्यपि केही त्यस्ता खानेकुरा छन् जसको सेवनबाट उच्च रक्तचाप नियन्त्रित गर्न सकिन्छ । ह्युमन हाइपरटेन्सन जनरलमा प्रकाशित अनुसन्धान पत्रमा भनिएको छ(जसजसले नियमित खानाबाट क्यालोरी ८ प्रतिशत कम हुने गरी अन्न, रोटी, पास्ता, आलु एवं रातो मासु खान सुरु गरे उनीहरूको रक्तचाप ८ हप्ताको अवधिमै ४ पोइन्टले ओर्लियो ।

वाइन

सामान्यतया के भनिन्छ भने वाइन मुटुका लागि स्वस्थकर मानिन्छ । हालसालै नेदरल्यान्डमा भएको एक अनुसन्धानबाट के पत्ता लाग्यो भने वाइनले मानिसलाई दीर्घजीवी समेत बनाउन सक्छ । अध्ययनबाट जो पुरुषले नियमित वाइन पिउँछन्, त्यस्ता पुरुषको आयु अन्य मादक पदार्थ पिउनेहरूका तुलनामा दुई वर्ष बढी भएको पाइयो । बियरका तुलनामा वाइनलाई निकै राम्रो मानिएको छ ।

धूमपान त्याग

धूमपानको त्याग गर्नाले आयु बढ्छ, यसमा कुनै शंका छैन । एक अध्यनले के बताएको छ भने धूमपान गर्ने व्यक्तिले ४० वर्षको उमेरमा पुगेपछि मात्रै पनि धूमपान त्याग्न सक्ने हो भने धूमपानका कारण हुने ९० प्रतिशत समस्याबाट बच्न सकिन्छ । यसकारण बढी बाँच्न चाहने पुरुषले अनिवार्य रूपमा धूमपान त्याग्नैपर्छ ।

नियमित व्यायाम

हार्वड मेडिकल स्कुलका अनुसार नियमित व्यायाम गर्नु जीवनमा सुधार ल्याउने सर्वोत्तम उपायमध्ये एक हो । नियमित व्यायाम गर्नाले शरीरको कोलेस्ट्रोल कम हुनुका साथै संज्ञानात्मक कौशल वृद्धि हुन्छ । नियमित व्यायामले उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्छ भने क्यान्सको खतरा समेत निकै कम गर्छ । यसकारण लामो आयु बाँच्न चाहने पुरुषले नियमित व्यायाम गर्नु आवश्यक मानिन्छ ।