सांगीतिक क्षेत्रको प्रतिष्ठित अवार्डस् ‘बिलबोर्ड म्युजिक अवार्डस् २०१८’ मा गायक एड शेरन र गायिका टेलर स्वीफ्ट उत्कृष्ट बनेका छन्। अवार्ड समारोह लसभेगासस्थित एमजीएम ग्रान्ड गार्डेनमा सम्पन्न भएको थियो।

समारोहमा डेमी लोभाटो, एड शेरन, एरियाना ग्रान्डी लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। कोरियन पप ब्यान्ड ‘बिटिएस’ले उत्कृष्ट सोसल आर्टिस्टको अवार्ड हात पारेको छ भने उत्कृष्ट नयाँ गायकमा खालिद विजेता बनेका छन्।