पथरी/ इलका प्रहरी कार्यालय पथरीले लागु औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेका छन् ।प्रहरीले पथरीबजारबाट पथरी शनिश्चरे –४ बस्ने विवेक खड्का,सुृमन लिम्बु र विजय तामाङ र कानेपोखरी गाउँपालिका वडा नं. ५ का पर्वत राईलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट ३४० ग्राम.को ब्राउन सुगर र २२ चक्की ट्याबलेट पनि फेला पारेका थिए । ब्राउन सुगर सेवन गर्दा प्रयोग गरिने पैसा बेरिएको र सिक्का लगाएतको सामान पनि फेला पारेका थिए । पक्राउ गरेका उनिहरलाई सोमबार इलाका प्रहरी कार्यालय पथरीले म्याद थप गरी सार्वजानीक गरेका थिए । उनिहरुलाई लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान थालेको इस्पेक्टर विजय श्रेष्ठले बताए ।