इटहरी/गत शनिवार विहान १९ वर्षे युवतीलाई जबरजस्ती बलत्कार गर्ने इटहरी २० का २५ वर्षिय निलज भुजेल पक्राउ परेका छन । स्थानीय युवतीलाई बलत्कार गरेको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले भुजेललाई पक्राउ गरेको हो ।

शनिबार विहान करीब ४ बजे किरिया पुत्री रुगेर घर फर्कने क्रममा जवर्जस्ती युवतीको मुख छोपी हातमा तानेर नजिकै रहेको खुल्ला जमीनको झाडीमा लगी बलात्कार गरेकाे प्रारम्भिक अनुसंधानबाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले बताए ।

युवती र अभियुक्त दुवैको स्वास्थ्य परिक्षण गरी निज अभियुक्त भुजेललाई जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।