धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०७४। ०७५ मा संचालन गरेको नगर सभावाट स्वीकृत भौतिकपुर्वाधार तर्फको २ सय ६४ वटा योजनाहरु मध्ये २ सय ११ वटा सम्पन्न भएको योजनाशाखाले जनाएको छ । संचालित योजनाहरु कतिपय ठेक्का प्रक्रियाबाट संचालन भएका छन् भने कतिपय उपभोक्ता समितिमार्फत निर्माण कार्य भैरहेको नगरपालिका कार्यालयले जनाएको छ । भौतिकपुर्वाधार तर्फ धनकुटा नगरपालिकाले आ.व.०७४।०७५ मा १३ करोड, २२ लाख, ४८ हजार, ६ सय ६७रुपयाँ विनियोजन गरेको थियो । जस मध्ये भौतिकपुर्वाधार तर्फको धनपा–१० धर्मशाला सल्लेरी हुँदै पात्लेखोला सडक १५ लाख, धनपा–४ सडक कार्यालय देखी पृथ्वीमार्ग हुँदै भोटेचौतारा कागते मार्ग १५ लाख, धनपा–८ स्थित् रिदामा राङ्गलीहाङ्ग रिङ्गरोड १५ लाख, कर्मिटार, खनियावास हुँदै तांखुवाखोला सडक १५ लाख वरावरको सडक योजनाहरुको निर्माण कार्य सम्पन्न भएको धनकुटा नगरपालिका योजना शाखाका प्रमुख इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले वताएका छन् । त्यसैगरी धनकुटा नगरपािलका वडा नं.३ को श्रीमाने गोलाई लाँकुरे सडक १५ लाख, धनपा–७मा पर्ने सितलपाटी गोकुण्डेश्वर खोला सडक १५ लाख, धनपा–७चुवाको वोट ग्रिनपार्कसंगै भगवान वुद्ध र शिवजीको प्रतिमा स्थापना २३ लाख, धनपा–६ विच वजारमा १० लाख वरावरको शिवपार्क तथा वाल उद्याननिर्माण सम्पन्न, सल्लेरी श्रीपञ्चमीनगरपालिका सडक ५० लाख सडक स्तर उन्नतीगर्ने कार्य सुदिक्क्षाथुलुङ्ग कन्ट्रक्सनले सम्पन्न गरीसकेको शेर्पाले वताएका छन् । त्यसैगरी हिले खानेपानीवोरिङ्गको लागी ४०।४० लाख गरी जम्मा ८० लाख रुपयाँविनियोजनभएकोमा सो खानेपानी योजनाहरुसम्पन्न भै सकेको छ । हिले खानेपानीउपभोक्ता समितिको आयोजनामाहिले वजारमाखानेपानीको लागीवोरिङ्ग गर्ने कार्य सम्पन्नभएको हो । साना ठूला गरी २ सय ११ वटा भौतिकपुर्वाधार अन्तर्गतका योजनाहरुको निर्माण कार्य सम्पन्न भै सकेको इन्जिनियर शेर्पाले वताएका छन् । शेर्पाले भौतिकपुर्वाधार अन्तर्गत वडा स्तरिय र नगर स्तरिय गरी २ भागमाविभाजन गरेर संचालनगरिएका योजनामध्ये नगर स्तरिय योजनाहरु ५० लाखभन्दामाथिका २० वटा रहेको वताएका छन् । त्यसैगरी वाँकी रहेका २ सय ४४ वटा योजनाभने सो भन्दाकम रकमका वडा स्तरिय योजना रहेको वताईएको छ । निर्माण कार्य सम्पन्नहुनबाँकी रहेको नगर स्तरिय योजनाहरुमा ५० लाख रुपयाँलगानीमानिर्माण कार्य भैरहेको सल्लेरी बोरबोटे बाघे खोला सडकको निर्माण कार्य ४० प्रतिशतमात्र सकिएको साईड हेरीरहेका प्राविधिक खगेन्द्र रायमाझीले वताएका छन् । सो सडकको निर्माण कार्य पुजा कन्ट्रक्सन धनकुटाले गरिरहेको छ । त्यसैगरी ५० लाख रुपयाँको लगानीमाहिले षडेश्वर मन्दिर देखी भिरगाउँहुँदै तांखुवा सडकको ८० प्रतिशतकाम सकिएको, गुठीटार थानी सडक ५० लाखको लगानीमानिर्माण भैरहेको सडकको प्र्रगतीपनि ८० प्रतिसत सकिएको सव ओभर सिएर एवं साईड इन्चार्ज विष्णु पोदारले बताएका छन् । विहीबारे हटिया मालवाँसे भिरगाउँ सडक स्तर उन्नतीगर्ने कार्यको कामभने ५० प्रतिशतमात्र सकिएको छ भने धनपा–८ चुलिवन भ्यूटावर ५० लाख रुपयाँको लगानीमा सुदिक्क्षाथुलुङ्ग कन्ट्रक्सन धनकुटाले निर्माण कार्य गरिहेको छ । चुलीवन भ्युटावरको निर्माण कार्य भरखरै मात्र शुरु भएको छ भने धनपा–७ स्थित् वसपार्कको स्तर उन्नतीगर्ने निर्माणका कार्य भने ५० प्रतिशतमात्रकाम सकिएको शेर्पाले वताएका छन् । वसपार्क स्तर उन्नतीको निर्माण कार्य ९० लाख रुपयाँको लगानीमा सल्टर कन्ट्रक्सन तेह्रथुमले गरिरहेको छ । त्यसैगरी धनपा–२ भिरगाउँदुग्ध सहकारी देखी वडा कार्यालयसम्मपुग्ने १५ लाख रुपयाँविनियोजनाभएको सडक स्तर उन्नतीगर्ने कार्य ८० प्रतिशतमात्रकाम सकिएको साईड इन्चार्ज पोद्दारले वताएका छन् । धनपा–१ को हिले चौकीहुँदै ओक्मालुङ्ग सडक ४० लाख वरावरको सडक स्तर उन्नतीगर्ने कार्य ४० प्रतिशतनिर्माण सम्पन्नभएको छ । त्यसैगरी धनपा–१ हिले स्थित् रत्न रिङ्गरोड हुँदै जौटार पर्यटकिय सडक १५ लाखको लगानीमानिर्माण कार्य सम्पन्न भैसकेको छ । उता वडा नं.६ को माथिल्लो खाल्डे पिपलडाँडा जुकेपानी सडक वाल, कचवए र ४ सय मिटर नयाँ ट्रयाक खोल्ने कार्य भैरहेको र हालसम्म ६० प्रतिशतनिर्माण सकिएको साईड इन्चार्ज सव–ओभरसियर खगेन्द्र रायमाझीले वताएका छन् । उता धनकुटा नगरपालिका वडा नं.९ मा २५ लाख रुपयाँको लगानीमहाङ खानेपानी योजनाको निर्माण कार्य ७५ प्रतिशतमात्र सकिएको छ भने सोही वडाको रुद्रवारी सुकेआहाल सडक मर्मत कार्य १५ लाखको योजना ५० प्रतिशतमात्र सम्पन्नभएको छ । साथै, २५ लाख रुपयाँलगानीमानगर स्तरिय योजनाअन्तरगतको च्याङ्गच्याङ्गवारी देखीमहाङसम्मजाने ग्रामिण सडकको स्तर उन्नतीतथामोड सुधार लगायतको निर्माणकार्य ७० प्रतिशतमात्र सकिएको वताइएको छ । धनपा–५ तल्लो टुडिखेल खेलमैदान र स्टेज निर्माणको लागी २८ लाख रुपयाँको लगानीमा योजना संचालन भैरहेको र ३० प्रतिशतमात्रकाम सम्पन्नभएको शेर्पाले वताएका छन् । अधिकांश वडा स्तरका साना÷सानादर्जनौं योजनाहरु सम्पन्न भै सकेको र नगर स्तरका ५० लाखभन्दामाथिका ठूला योजनाहरुको निर्माण कार्य भने २० देखी ४० प्रतिशत सम्पन्नहुनबाँकी रहेको शेर्पाले वताएका छन् । बाँकीनगर स्तरका ठुला योजनाहरु पनिअसार १५ भित्रमासम्पन्न भै सक्ने इन्जिनियर शेर्पाले वताएका छन् । जनप्रतिनिधिहरुले वडा तहसम्मआएर योजनाहरु संचालनगर्दा कतिपय स्थानमा सरोकारवालाहरुसंग आवश्याक समन्वयनगरेको नगरवासीहरुले गुनासो गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुले आफु अनुकुलउपभोक्ता समितिवनाएर विकासनिर्माणको कामगर्ने गरेको उनीहरुको भनाई छ । धनकुटा नरपालिका वडा नं.७ स्थित् यलम्वर चोक देखीआनन्द सन्तोषी राईको घरसम्म जाने बाटोको टेक्चानिर्माण गर्ने कार्यमाजनप्रतिनिधिहरुले आफूलाई जानकारी नै नगराएको गुनासो उपभोक्ता हर्कनारयण कुलुङ्ग राईले गुनासो गरेका छन् । उनले भने “मेरै घरको बलिसीबाट जानेबाटोमा काम हुँदा पनि आफुलाई कसैले खवर नगरेकोले दुःखलागेको छ ।” काम सानै भएपनिउपभोक्तालाई त जसरी भएपनिथाहादिनु पथ्र्यो तर दिएन्न, वरु उपभोक्तानभएका टाडाका मान्छे राखेर काम गरकोे भन्दै हर्कनारयणले गुनासो गरे । त्यसो त वडा नं.७ का पुर्व जनप्रतिनिधिएवं यातयातव्यावसायीथामवहादुर आठपहरियाले टोलको विकास त भैरहेको छ, तर चित्तवुझेन भनेरबोल्नु मिल्दैन भन्दै गुनासो पोखेका छन् । उनले योजनाको कतिपयकामचित्तवुझ्दो नहुँदा सम्वन्धितव्याक्तिलाई गुनासो गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । उता धनकुटा नगरपालिका वडा नं.१ का होटल एशोसिएशन धनकुटाका अध्यक्षएवं हिले पर्यटन विकास समितिकाअध्यक्ष खगेन्द्र विष्टले पहिले कर्मचारीले नगरपालिकाचलाउँदा त हामीलाई पनिवोलाउँथे तर जन प्रतिनिधिआए पछि त वोलाउँदैन्न, कहाँ के हुँदै पत्तानपाईने वताए । उनले हिलेमा १५ लाख वरावरको रत्नरिङ्गरोड जौटार पर्यटन सडकको काम भएछ तर आफुले थाहापत्तै नपाएको गुनासो गरे । यता धनकुटा नगरपालिका वडा नं.७चुवाको वोट ग्रिनपार्क निर्माण उपभोक्ता समितिकाअध्यक्षलक्ष्मीश्रेष्ठले जनप्रतिनिधहरुसंग कामगर्न सहजभएको वताएका छन् । श्रेष्ठले पहिले कर्मचारीले नगरपालिकाचलाउँदा र जनप्रतिनिधिहरुले संचालनगर्दा आकास पत्तालको फरक परेको प्रतिक्रियादिए । उता वडा नं.१० का स्थानियउपभोक्ताभुवलाललामाले जनप्रतिनिधिहरुले काम त गर्दैछन् तर कतिको वजेट हो, योजना संचालनगर्न जिम्मेवारव्याक्ति को को हुन् केहीपत्तो नहुने वताए । स्थानियजनप्रतिनिधहरुलाई सोध्दा पनिथाहानपाए जस्तो गर्ने गरेको लामाले गुनासो गरेका छन् । उनले जनप्रतिनिधिहरुले कामगर्दा कसैलाई काख, कसैलाई पाखानगरी कामगर्दा राम्रो हुने सुझावदिएका छन् । आ.व.०७४।०७५ माअन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय संचित कोष अन्तर्गत धनकुटा नगरपालिकालाई ३७ करोड, १९ लाख, ५९ हजार निकासाभएको प्रमुख कोष तथा लेखानियन्त्रक नरेशराज खरेलले वताएका छन् । जस अन्तर्गत वित्तिय समानिकरण अनुदान १९ करोड, ६६ लाख, ५१ हजार, शसर्त अनुदान १७ करोड, ५३ लाख, ८ हजार र र सामाजिक सुरक्षा जेष्ठ नागरिक कल्याण कोष कार्यक्रमअन्तर्गत पहिलो र दोश्रो किस्तागरि २ करोड, ७८ लाख, ६ हजार निकासाभएको धनकुटा नगरपालिका लेखाशाखाले जनाएको छ ।