[caption id="attachment_83205" align="aligncenter" width="960"] तस्विर : रिता लामा[/caption]

धरान/इटहरीकाे विश्वअादर्श कलेजबाट प्लस-टुकाे परिक्षा दिएर बसेका बक्लाैरीका कृष्ण थापाले शनिबार अष्ट्रेलियामा अध्यापन गर्ने विषयमा परामर्श लिए ।

दि नेक्स्टले धरानमा गार्खा डिर्पाटमेन्ट स्टाेरमा गराएकाे परामर्श शैक्षिक मेलामा उनले अष्ट्रेलियाकाे विषयमा धेरै कुरा बुझ्ने माैका पाए । भने, पढार्इ खर्च देखि त्यँहाका विश्वविद्यालयबारे जान्ने माैका मिल्याे । अहिले अष्ट्रेलिया नेपाली विद्यार्थीका लागी पहिलाे गन्तव्य बनेकाे छ । पछिल्लाे तथ्याङ्क अनुसार अष्ट्रेलियामा चीन,भारतपछि नेपाली विद्यार्थी तेस्राे नम्बरमा अाउछन्। 

विगत १३ वर्ष पछि अष्ट्रेलिया पठाउदैअाएकाे नेक्स्टले झन्डै एक हजार विद्यार्थीलार्इ शैक्षिक परामर्श दिएकाे छ । अष्ट्रेलियाका १० वटा विश्वविद्यालयबाट अाएका प्रतिनिधिले शैक्षिक परार्मश दिएकाे नेक्स्टका सञ्चालक प्रकाश लकान्द्रीले जानकारी दिए । शैक्षिक परामर्शमा अाएकाहरूलार्इ अायल्सकाे बारेमा नि:शुल्क पढ्न पाउने अवसर प्रधान गरिएकाे छ । 

शैक्षिक मेलामा अष्ट्रेलिया पढ्न जाँदा के के कुरा अावश्यक हुन्छ,पढार्इकाे स्तर के छ , कसरी जान सकिन्छ ।  भन्ने विषयमा जानकारी गराइएकाे नेक्स्टका परामर्शदाता अनिश श्रेष्ठले जानकारी दिए । मेलामा अाएका विद्यार्थीलार्इ एनएम्बी बैङ्क र एसबीअार्इ बैङ्क धरान शाखाले बैङ्किङ काराेबार बारे जानकारी गराएकाे थियाे । अस्ट्रेलियाका सेन्ट्रल क्वीन्सल्याण्ड युनिभर्सिटी,अष्ट्रेलियन क्याथाेलिक युनिभर्सिटी, साउर्थन त्रस युनिभर्सिटी,युनिभर्सिटी अर्फ अाेलाेङअङ लगायतका १० वटा विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीहरूलार्इ परामर्श दिएका थिए । साेचे भन्दा बढी विद्यार्थीहरूकाे उपश्थिती रहेकाे सञ्चालक लकान्द्रीले बताए ।