काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टीले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गरिन् । [caption id="attachment_81877" align="aligncenter" width="900"] डा उपेन्द्र देवकाेटा[/caption] डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहुँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेल्नुभएको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताइन् । त्यस अवसरमा डा देवकोटाले गरिबका छोराछोरीले सहज र शुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि सातै प्रदेशमा उच्चस्तरको अस्पताल निर्माण गर्न आग्रह गरे । पित्तनलीमा अर्बुद रोगका कारण डा देवकोटाले अहिले अस्पतालमा उपचार गराइरहेका छन् । रासस