वि.सं. २०७५ साल जेठ ७ गते। सोमबार। इश्वी सन् २०१८ मे २१ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, २६:११ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले पनि काम बनाउन सकिनेछ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने कूटनीतिक प्रयत्नले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। कामको सफलताले हौसला जगाउनेछ। अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। विभिन्न अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। परिस्थितिवश वादविवादमा परिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। पुरुषार्थले समाजमा भने स्थापित बनाउन सक्छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। (नेपाली पात्रो)