काँकरभिट्टा । प्रथम उप–राष्ट्रपति चिल्डे«न गेम्स–२०७५ को एक नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने झापाली खेलाडी टोलीलाई आइतबार विदाई गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले गत वैशाख ३१ गते आयोजना गरेको झापा जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भद्रपुरस्थित मेची रंगशालामा सम्पन्न प्रतियोगिता अन्र्तगत ४ वटा विभिन्न खेल विधामा प्रथम हुने खेलाडीहरुमध्ये २३ जना विदाई भएका हुन् । उसुतर्फ ६, करातेतर्फ ६, तेक्वान्दोतर्फ ६ र एथ्लेटिक्सतर्फ ५ जना छनोट भएका झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि ८ सम्मका १४ वर्षसम्मका विद्यार्थीले आउँदो जेठ ७ र ८ गते विराटनगरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । विदाई हुने खेलाडीहरुमा एथ्लेटिक्स छात्रातर्फ हल्दिबारी मावि जलथलकी भावना राजवंशी र भगवती आधारभूत विद्यालय बाह्रदशीकी कपिला मुर्मु, छात्रतर्फ फूलबारी मावि बाह्रदशीका अरवाज आलम, ब्लु हेभन अङ्ग्रेजी विद्यालय अर्जुनधाराका अभिषेक बुढाथोकी र ब्लु हेभन अङ्ग्रेजी विद्यालय अर्जुनधाराका महेन्द्रकुमार लिम्बू छन् । कराते छात्रातर्फ बाल्मिकी एजुकेशन फाउण्डेशन विर्तामोडकी राजुनानी अधिकारी, कालिका मावि अर्जुनधाराकी सलिना चौधरी र मेची अङ्ग्रेजी विद्यालय माइधारकी मोती हाङ्मा लिम्बू, छात्रतर्फ सूर्योदय अङ्ग्रेजी विद्यालय दमकका ओस्कारमान श्रेष्ठ, कञ्चनजङ्घा अङ्ग्रेजी मावि विर्तामोडका मनिष कार्की र सिद्धार्थ अङ्ग्रेजी विद्यालय दमकका अत्तिम राई छन् । तेक्वान्दो छात्रतर्फ इडन गार्डेन अङ्ग्रेजी विद्यालय विर्तामोडका दिपेश मिश्र, लक्ष्मी मावि अर्जुनधाराका पृतु राई र पारिजात अङ्ग्रेजी विद्यालय मेचीनगरका निवाहाङ लिम्बू, छात्रातर्फ हिमज्योती अङ्ग्रेजी विद्यालय दमककी रोसिका गुरुङ्ग, फनमिन अङ्ग्रेजी विद्यालय विर्तामोडकी योजना दाहाल, नवदुर्गा आधारभूत विद्यालय अर्जुनधाराकी निकिता विसंखे छन् । उसु छात्रातर्फ बालकल्याण आधारभूत विद्यालय अर्जुनधाराकी रजनी तिवारी, शनिश्चरे मावि अर्जुनधाराकी शिला दनुवार, विभूति विद्या मन्दिर भद्रपुरकी सुष्मिता रत्ने, छात्रतर्फ बुद्ध स्मृति मावि विर्तामोडका निकुञ्ज चौधरी, प्रज्ञा एकाडेमी भद्रपुरका दिपेश खवास र विभूति विद्या मन्दिर भद्रपुरका हरदेव राजवंशी छन् । प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्न विदाई गरिएको झापाली खेल टोलीमा प्रशिक्षकहरु तेक्वान्दोका कर्णबहादुर दाहाल, उसुका अरुण सापकोटा, एथ्लेटिक्सका मेनुका राउत र करातेका हरिमाया राई सहभागी छन् ।