मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा यस आ.ब. २०७४÷०७५ मा गाउँपालीकाले गरेका कार्यहरुलाई समावेश गरेर सार्वजनीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले ससर्त अनुदान तर्फ ६६ प्रतिशत र वित्तिय समानीकरण ४० प्रतिशत बजेट खर्च गरेको छ । बैशाख मशान्त सम्ममा १४ करोड ५८ लाख १७ हजार तिनशय ६६ रुपैया १६ पैशा खर्च गरीसकेको छ । भने १५ करोड ११ लाख १२ हजार छ सय ३३ रुपैया ८४ पैशा बाँकी बजेट रहेको छ । यस आ.ब. मा गाउँपालीकामा कुल ३५४ योजनाहरु मध्ये २१० ओटा योजानहरुको निमार्ण कार्य समपन्न भएको र अब १४४ वटा योजनाहरु निमार्णाधिन साथै समापन हुने अवस्थामा रहेको गाउँपालीका अध्यक्ष देवी प्रसाद आचार्यले जानकारी गराएका गराएका थिए । सार्वजनीक सुनवाई कार्यक्रममा उठेका प्रश्नहरुका सवालहरुको जवाफ मिक्लाजुङ गा.पा. अध्यक्ष देवी प्रसाद आचार्य, उपप्रमुख सरला राई, शिक्षा भिभाग प्रमुख कांशिनाथ खनाल, साथै ९ वटै वडाका वडाध्यक्षहरुले जवाफ दिएका थिए । कार्यक्रमा अधिक मात्रामा सार्वजनीक सम्पत्तीको संरक्षण, अव्यवस्थित बसोबास, खानेपानी ,यातायात, स्वास्थ्य, शिक्षा, नदी जन्य पदार्थको प्रयोग तथा उपभोग, र खेलकुदका लगायतका पक्षहरुमा प्रश्नहरु आएका थिए । आर्थीक पारदर्शीता र विधीको शासनका लागी सार्र्वजनीक सुनवाई कार्यक्रम को मुख्य महत्व रहेको मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । कार्यक्रम गाउँपालिकाको सहयोग तथा अरुण मिडिया प्रा.लि. बिराटनगरको आयोजनामा संचालन भएको थियो ।