धरान । लिवर्टी रेसिन्डेन्सियल स्कुलको सदन निर्वाचनका लागि २५ जना विद्यार्थी उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । विद्यार्थीहरुलाई निर्वाचन प्रकृया र पद्धतीका बारेमा व्यवहारिक रुपमा ज्ञान दिन र सहजरुपमा बुझाउनका निमित्त स्कुल सदन निर्वाचन गर्नका लागि मनोनयन पत्र दर्ता गराइएको हो ।

आउदो बुधबार हुनगईरहेको निर्वाचनमा भाग लिन सबै सदन सहित स्कुल क्याप्टेन र भाइस क्याप्टेन सहित १० वटा पदका लागि आइतबार मनोनयन दर्ता गराएका हुन् । स्कुल क्याप्टेनका लागि अनु गुरुङ्ग , खनिशा लिम्बु तथा निश्चल लिम्बुले उम्मेद्वारी दिएका छन् । यसरी नै भाइस क्याप्टेनका लागि कृष्टिना राई तथा रोहित पाहिमको मात्र उम्मेदवारी परेको छ । त्यस्तै निलो सदनका लागि सुदिप लिम्बु, स्मृति भट्टराई तथा साबित्री झाले क्याप्टेन तथा तान्छोहाङ्ग लिम्बु र कुमार बि. क ले भाइस क्याप्टेनका लागि उम्मेद्वार दर्ता गराएको स्कुलका प्रमुख निर्वाचन आयुक्त धिरेन लिम्बुले बताए । पहेलो सदनका लागि क्याप्टेनमा प्रभात श्रेष्ठ तथा ट्रायुसन थापाको उम्मेदवार दिए भने भाइस क्याप्टेनका लागि सुमित खड्का, सुमिना राई तथा सुरज देवानले उम्मेदवारी दिएका छन् । रातो सदनमा भने दिपा मगर तथा कुशल राईले क्याप्टेनका र सोनिया राई तथा सेली श्रेष्ठले भाइस क्याप्टेनका लागि उम्मेद्वारी दर्ता गराए । हरियो सदनका लागि क्याप्टेनमा क्रमश ः सामाना राई , सुषमा बस्नेत तथा निखिल राई मैदानमा उत्रेका छन् भने भाइस क्याप्टेनमा समिर लिम्बु, कविना भुजेल तथा चाहना राईले उम्मेदवारी दिएको निर्वाचन आयुक्त लिम्बुले जनाए । मनोनयन दर्ता समय अवधि भित्र दर्ता नगराएका ईच्छुक विद्यार्थीहरुले पून ः मनोनयन दर्ता गर्न नपाउने समेत आयुक्त लिम्बुले बताए । मनोनयन दर्ता पछि उम्मेद्वारी फिर्ता लिन दिइएको २० मिनेटको समय सम्ममा पनि कसैले उम्मद्वारी फिर्ता नलिएपछि निर्वाचनमा जानुपरेको उनको भनाइ छ । स्कुल सदन निर्वाचनमा लिबर्टी बाल क्लब, शिक्षक तथा शिक्षिकाहरु पर्यवेक्षक रुपमा रहेको समेत उप निर्वाचन आयुक्त एस. के अधिकारीले बताए ।