मोरङ /मोरङको पथरीशनिश्चरे २ स्थित ४६ बिघे युवा समाजद्घारा प्रथम खुल्ला नकाउट भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी यहि जेठ ८ देखि १० सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिम सहभागिता रहने जानकारी दिएको छ ।

खेलको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति अध्यक्ष पदमबहादुर तामाङले बताए ।खेलको प्रथम पुरस्कारको प्रायोजकको खोजी भइरहेको र दोस्रो पुरस्कारको प्रायोजक नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति मोरङकी कोषाध्यक्ष विष्णुमाया तामाङले गरेकी छन् ।

आयोजकले प्रतियोगिताका लागि २ लाख ५५ हजार सहयोग सङकलन गर्ने अपेक्षा राखेको छ ।