इटहरी /नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको पहलमा सुनसरीको झुम्का देखि भारतीय सिमा क्षेत्र सम्म २१ किलोमिटरबाटो कालोपत्रे हुने भएको छ । चुनावको बेला जनतासँग भोट माग्दा गरेको बाचा अनुरुप कार्कीको पहलमा बाटो निमार्ण कार्य ठेक्का लागेको हो ।  सुनसरी क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभामा निर्वाचित कार्कीले भने झुम्का,सिंगीया,रामधुनी,प्रकाशपुर,मधुबन पश्चिमकुशाह,लौकीही हुदै भारतीय सिमा क्षेत्र सम्म जाने २१.८ किलोमिटर सडक ठेक्का लागेको छ चाडै बन्छ । ३० करोड १८ लाख लागतमा बन्न लागेको यो सडक सुविधा सम्पन्न हुने पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले फोन सम्पर्कमा भने । मैले चुनावको बेला जनतालाई दिएको आश्वसन पुरा गर्ने अहिले सरकार बाहिर हुदा पनि लाग्ने छु उनले भने ।

पूर्वअर्थमन्त्री कार्कीले अहिले सुनसरी क्षेत्रमा आफु विकास गर्ने लागी परेको बताए । एसियाली विकास बैंकको सहयोगमा निमार्ण हुन लागेको उक्त सडक चाडै सुरु हुने उनको भनाई थियो । सुनसरीको भित्रिभाग अझै पनि विकासको हिसाबले पछाडी परेको कारण आफु अहिले विकासको क्षेत्रमा लागेको बताउँदै भने मैले ढाट्न जानेको छैन जनतासँग गर्छु भनेको काम जसरी पनि गर्छु कार्कीले भने । यस अघि पूर्वअर्थमन्त्री कार्कीकै पहलमा कोसी टप्पु वन्य जन्तु आरक्षमा रैथाने जंगली हाती मानववस्तीमा प्रवेश गरी आतंक मच्चाए पछि हात्ती रोक्न पाँच करोड रुपैयाँ बजेट छुट्याएका थिए । सुनसरीतर्फ विद्युतीय घेराबेरा निर्माण गर्न उक्त बजेट छुट्याइएको हो । सुनसरीको हरिपुरदेखि प्रकाशपुरसम्म दीर्घकालिन रुपमा विद्युतीय घेराबेरा गर्न बजेट छुट्याए । त्यस्तै आयोर्वेदिक औषाधलाय समेत लौकीहीमा कार्कीकै पहलमा खोलिएको छ । यता नपाली काग्रेसका नेता रेवती दुलालले आफ्नो नेताले चुनाबको बेला बोलेको बाचा पुरा गर्दा आफुहरुलाई गौरभ भएको बताए । चुनावको बेला गरेको भाषणको रुपमा मात्र लिने नेताहरुको लागी ज्ञानेन्द्र दाई उदाहारण हुनुहुन्छ उनले भने । सरकारमा नहुदा पनि सर्वसाधरणहरुको पक्षमा वकालत गदै विकास निमार्णमा लागी परेको भन्दै पूर्वअर्थमन्त्री गाउँ शहरमा उदाहरण भएको तर्क गरे । दुलाल भन्छन् ज्ञानेन्द्र दाईले चुनावका बेला बोलेको प्रतिबद्धता अहिले गाउँ गाउँमा गएर गर्दा गाउँले हर्षित भएका छन् । ज्ञानेन्द्र दाई सुनसरी आए पछि काग्रेसको राजनिति सँगै विकासले फड्को मारेको उनको भनाई छ ।

नेपाली काग्रेस साविक क्षेत्रनम्बर ६ का सभापति उपेन्द्र कटुवालले पूर्वअर्थमन्त्रीकै कारण सुनसरीमा विकासको कामले फड्को मारेको बताए । पछिल्लो केहि समय यता मधुबनमा भएको लागलागी घट्नामा समेत अत्यन्तै महत्वपूर्ण योगदान गरेको बताए । अरु केन्द्रिय नेताहरु त्यहाँ सम्म पुगेनन् तर ज्ञानेन्द्र दाईले उनीहरुलाई गुन लगाउँनु भयो कटुवालले कार्कीको प्रशंसा गदै भने । नेपाली राजनितिमा कार्कीलाई बोलेको पुरा गर्ने नेता भनेर चिनिदै आएको छ ।