इटहरी/ एक नम्बर प्रदेशको केन्द्रबिन्दुको रुपमा रहेको इटहरी नेपालकै चर्चित शहर हो । ब्यापारीक हवको रुपमा विकसित हुदै आएको इटहरी पछिल्लो समय फेरी केही होटल व्यबसायीहरुको विकृत धन्दाले बद्नाम बनेको छ ।

[caption id="attachment_61127" align="alignleft" width="500"] लेखकः धनबहादुर पुरी[/caption]

४ वर्ष अगाडी देखि सुध्रदै गएको इटहरी अहिले पुःन कर्ल गर्लको कारण इटहरी बदनाम हुन थालेको पाईन्छ । पहिला क्याविनमा बस्ने यौनकर्मी महिलाहरु अहिले कर्ल गर्लको रुपमा छ्यासछ्यास्ती इटहरीमा भेटिन थालेको छ । इटहरी आउनेहरुलाई युवतीहरुसँग रात बिताउने ग्राहकहरुलाई मिलाई दिने काम गर्ने इटहरीका केहि होटल व्यबसायीले होटल व्यबसायको मात्र हैन समग्र इटहरीबासीको बदनाम गरेका छन् । विगतमा इटहरी क्षेत्रमा यौन व्यबसाय फस्टाएको थियो । तत्कालिन डिएसपी विनोद शर्माको सकृयतामा यौन कार्यमा युवतीहरुलाई बाध्यकारी बनाउने होटल संचालक, यौनधन्दामा संलग्न युवतीहरुलाई मुद्धा चलाए पछि इटहरीमा यस्तो कार्य बन्द भएको थियो । तर अहिले पुःन इटहरीमा यो धन्दा सुरु भएको प्रहरीले पक्राउ गरेको तथ्याक हेर्दा पनि प्रष्ट हुन्छ । होटलमा युवतीहरुलाई सीमित पैसा दिएर इटहरी तथा भेडेटारका लजहरुमा ग्राहकहरुसँग युवतीहरुलाई पठाउने गरेको पाईएको छ । कतिले त इटहरी तथा आसपासमा घर नै भाडामा लिएर समेत यौन धन्दा संचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दलालहरुले युवतीहरुलाई ग्राहक हेरि हेरि मुल्य राखेर यौन कार्यका लागि युवतीको शरीर मोल मोलाईमा विक्रि गरीरहेको छन । यौनधन्दा संचालकहरुले युवती उपलब्द गराउने र त्यो बापत मोटो रकम असुल गर्ने गरीरहेका उनीहरुलाई कडा भन्दा कडा कार्वर्ही गर्नु आवश्यक छ । होटलमा कतिपयले युवती होटलमै राखेर ग्राहकलाई उपलब्द गराउदै आएको पाइयो भने कतिपयले आफ्नो धन्दा थाहा नहोस भनेर युवतीहरुलाई सम्पर्कमा राख्ने र चाहिएको बेला फोनबाट बोलाएर ग्राहकलाई जिम्मा जगाउने गरेको प्रहरी आफै स्वीकार गर्छ । यौन कार्यमा संलग्न युवतीहरु टिनएजका भएको पाईएको छ । १५ बर्षदेखि २०/२२ बर्ष उमेरका युवतीहरु यस्तो कार्यमा संलग्न भएको पाइएको छ । इटहरी होटलहरुको सम्पर्कमा बस्ने युवतीहरु प्रायः इटहरी बाहिरका रहेको प्रहरीले जनाएको छ । कोठा भाडामा लिएर बस्ने युवतीहरुलाई होटलवालाहरुले ग्राहकसँग पठाउने गरेका छन् । युवतीको शरिर मोलमोलाई गरी बिक्रि गर्नेलाई कडा भन्दा कडा कार्वार्ही गर्नुको विकल्प छैन । उनीहरुलाई सार्बजनिक मुद्धा मात्र लगाएर सधै छोडिरहने हो भने उनीहरु पुःन त्यही अबैध व्यबसायमा आएर समग्र इटहरीको बदनाम गर्ने पक्का छ । तसर्थ यसरी छोटो समयमा धेरै पैसा कमाउँन पल्केका यौनधन्दा चलाउँनेहरुलाई सामाजिक बहिष्कार किन नगर्ने ? किन बोल्दैनन् इटहरी बदनाम हुदा पनि नागरीक समाजको विल्ला भिरेर अतिथिको आशणग्रहण गर्ने पल्लेका पदाधिकारीहरु ? किन चुप छन सामाजिक अगुवाहरु ? किन मौन बसेका राजनितिक दलहरु ? यस विषयमा गम्भिर हुन जरुरी छ । होटल ब्यावसायको नेताहरु अबैध कार्य गर्नेलाई छुटाउँन हैन उनीहरुलाई कार्वार्हीको माग गदै प्रहरी कार्यलय जाने अभियान इटहरीमा कहिले चल्ला ? यस विषयमा सम्पूर्ण इटहरीका सचेत नागरीकहरु लाग्नु जरुरी छ ।

व्यबसायी संघको काम के ?

इटहरीमा भएको यौन धन्दा रोक्न अहिले होटल व्यबसायी संघले पनि खासै चासो देखिएको जस्तो देखिदैन । बजारमा भईरहेको यौनधन्दा रोक्न व्यबसायीहरुलाई कडाई गर्नु पर्ने संघ केमा ब्यस्त छ ? किन बोल्दैनन् व्यबसायीहरुको नकरात्मक कार्यको पक्षमा ? यस विषयमा व्यबसायीहरुको आफैमा चरम लापरवार्ही देखिन्छ ।व्यबसायको नेताहरुले उनीहरुलाई छुटाउँन मात्र हैन हैद सम्मको कार्वार्हीको सिफारीस प्रहरी समक्ष पुराउँनु पर्छ ।व्यबसायीको संघको नेता कुनै कार्यक्रममा अतिथि खान मात्र हैन व्यबसायीहरुको राम्रो र नराम्रो कार्य दुबैको पक्षमा बोल्नु पर्ने हैन र? होटल व्यबसाय कै कारण वर्ष देखि वदनाम हुुनु परेको अवस्थामा व्यबसायीहरुलाई कडाई गर्ने व्यबसायी संघको सक्रियता आवश्यक छ । तसर्थ इटहरीको पर्यटन क्षेत्रको विकास गर्न इटहरी क्षेत्रमा भईरहेको यौनधन्दाको अन्त्य हुनु जरुरी छ । राम्रा व्यबसायीलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न हैसियत व्यबसायी संघमा बस्ने नेतृत्वले लिनु पदैन र ?

प्रहरीको अबैधानि छापा

अहिले प्रहरीले अनुसन्धानको नाममा होटलहरुमा छापा मार्ने काम आफैमा व्यबहारीक भने छैन । अनुसन्धानको नाममा प्रहरीले रिसिईवी साध्ने काम समेत गरीरहेको छ भन्दा फरक नपर्ला । अहिले यौनकर्मी पक्राउ गर्ने अभियान प्रहरीको प्रशंसा गर्ने लायक काम भएको भए पनि होटलहरुमा गएर छापा मारेर व्यबसायी आतंकित बनाउँने कामलाई भने राम्रो मान्न सकिदैन । सुचनाको आधारमा होटलहरुममा छापा मार्ने हो तर पर्यटकहरुलाई नै त्रसित गर्ने तरीकाले होटलहरुमा छापा मात्र आन्रीक तथा बाह्यि पर्यटकहरु इटहरीमा बस्न चाहादैनन् । त्यो घाटा होटल व्यबसायीहरुको लागी मात्र हैन समग्र इटहरीको लागी घाटा हो यस विषयमा पनि प्रहरीले ध्यान दिनु जरुरी छ । होटलमा दैनिक गएर छापा मार्ने हैन अबैध गर्नेलाई कडा कार्वार्ही गर्ने र राम्रो गर्न प्रोत्साहन गर्ने अभियानमा प्रहरी लाग्नु पर्छ । होटलमा बस्न आउँनेहरु छापा मार्ने डरले अन्यत्र जाने पक्का छ । तसर्थ होटलमा दैनिक छापा हैन होटललाई सिस्टममा लौजाने अभियान चलाउँनु प्रहरीको दायित्व हो । अबैध काम गर्नेहरुलाई कानुनी दायरामा ल्याउँनु राम्रो हो तर होटलहरुमा बस्ने पहुनाहरुलाई आतंकित बनाउँने काम राम्रो हैन । होटलमा यौनकर्मी महिला मात्र बसेका हुदैनन् विभिन्न कामको शिलशिलामा टाडाटाडाबाट आएकाहरु छापा र अनुसन्धानको नाममा प्रहरीको गाडीमा बसेर कार्यलय पुग्न नपरोस् । यस विषयमा होटल व्यबसायी संघ समेतको प्रमुख कमजोरी देखिन्छ ।