शनिबार बेलुका फ्रोगमोर हाउसमा आयोजित रिसेप्सनमा राजकुमार ह्यारीकी नव दुलही मेगन मर्केल दिवंगत सासू डायनाको औंठीसहित उपस्थित भइन् । कुनै बेला डायनाले लगाउने गरेको अक्वामरिन औंठी डायनाले दाहिने हातको साँहिली औंलामा लगाएकी थिइन् ।

यस्तै, नव विवाहित दम्पत्ती सन् १९६८ मा बनेको इलेक्ट्रिक कारमा चढेर रिसेप्सन स्थल पुगेका थिए । उक्त कारको नम्बर प्लेटमा विवाहको मिती राखिएको थियो । मेगनले बेलुका लगाएको हाईनेक गाउन स्टेला म्याक कार्टनीले तयार गरेकी हुन् भने उनले सिल्की स्याटिनको अक्वाजुर्रा जुत्ता लगाएकी थिइन् ।

उनको कपाल जर्ज नर्थवुडले डिजाइन गरेका थिए । रिसेप्सन पार्टी बेलुका ७ः१५ बाट सुरु भएको थियो ।